2026-09-14 11:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाका एक जननिर्वाचित वडाअध्यक्ष सम्पर्कबिहिन भएपछि…

पुस ६ रोल्पा । सुकिदह गाउँपालिका २ नं. वडाअध्यक्ष भुपाल दमाई सम्पर्कबिहिन भएका छन । 

केहिदिन अघि गाउँपालिको केन्द्र र नाम परिवर्तनका लागि प्रस्ताब गरि गाउँसभाबाट पास बनाए लगतै उनी सम्पर्कमा छैनन । गत मंसिर २९ गते देखि वडाअध्यक्ष दमाई सम्पर्कमा नआएको स्थानीय उमेशकुमार घर्तीले जानकारी दिए ।

उनी सम्पर्कबिहिन भएपछि, सेवाग्राही भने मर्कामा परेका छन । दमाई बेपत्ता भएपछि स्थानीयले कार्यालयमा तालाबन्दी गरे । वडा कार्यालयबाट दिने सेवासुबिधामा, उनको हस्ताक्षर र कार्यालयमा ताला लागेपछि सिफरिस लिन आएका वडाबासीहरु केहि दिन देखि कार्यायल परिसर आउने र फर्कने काम भैरहेको कार्यालय श्रोतले बतायो ।

उनको प्रस्ताबमा सुकिदह गाउँपालिको केन्द्र परिवर्तन गरि आफ्नै घर नजिक सारेपछि उनी हालसम्म सम्पर्कमा नभएको स्थानीयहरुको आरोप छ । 

सुकिदहका जनप्रतिनिधिहरु, गाउँपालिका अध्यक्ष बिर बहादुर केसी, उपाध्यक्ष रिता घर्ती ,वडाअध्यक्ष राम बहादुर वली, भुपाल दमाई मिलेर जग्गाको ब्यापार गर्नका लागि केन्द्र परिवर्तन गरेको सुखाओढारका एक स्थानीयले बताए ।

“वडाअध्यक्ष कहाँ हुनुहुन्छ भन्ने हामीलाई थाहा छैन । यहाँ आएर वडाबासीले हाम्रो हैरान बनाए” कार्यालयका एक कर्माचारीले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ