Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा गाउँपालिकोको नाम र केन्द्र परिवर्तनमा चर्को विरोध

२०७४, १० पुष सोमबार ०६:२६

–उमा केसी | पुस १०, रोल्पा (रासस) | गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ । 

रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो । सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी शहीद सुनिल स्मृति गाउँपालिका नामाकरण गर्ने भन्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले प्रस्ताव पेश गरेपछि सोही गाउँपालिकाका विभिन्न चारवटा वडाका वडाध्यक्षले निर्णय पुस्तिकामै असहमतिको बुँदा लेखेपछि विवाद चुलिएको हो । 

गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले साविक नाम परिवर्तन गर्दै नयाँ नाम राख्ने प्रस्ताव गरेपछि सुवर्णवती गाउँपालिका–४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्री, वडा नं ३ का वडाध्यक्ष जेदबहादुर विष्ट, वडा नं २ का वडाध्यक्ष नेत्रबहादुर गिरी र वडा नं १ का वडाध्यक्ष केशवलाल कुँवरले निर्णय पुस्तिकामा असहमति लेख्दै विज्ञप्तिसमेत प्रकाशित गरेका छन् । 

ऐतिहासिक र पौराणिक नाम रहेको सुवर्णाती परिवर्तन गरी व्यक्ति विशेषको नाममा सिंगो गाउँपालिकाको नाम राख्ने प्रयास भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यता गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले भने सुवर्णावती गाउँपालिका पौराणिक, साहित्यिक नाम भएकाले जनताले उच्चारण गर्न गाह्रो मान्नुको साथै नामाकरणसमेत अर्थपूर्ण नरहेकाले नाम परिर्वतन गर्नुपरेको बताउनुभयो । गाउँपालिकाभित्रका चर्चित नेता सुनिलको नाम निकै चर्चित रहेकाले जनताले सहजै उच्चारण गर्न सक्ने र परिवर्तनमा समेत महत्वपूर्ण भूमिका खेलेका शहीदको नाममा गाउँपालिकाको नाम परिर्वतन गर्ने प्रस्ताव आएको बताउनुभयो । 

अहिले प्रस्तावका रुपमा मात्रै आएको छ पुस १२ गते बृहत् छलफल गरी टुंगो लाग्छ घर्तीले भन्नुभयो । अध्यक्ष घर्तीले गाउँपालिकाको पहिलो सभामा नाम परिवर्तन गर्ने विषयमा सहमति भइसकेको दाबीसमेत गर्नुभयो । 

ऐतिहासिक तथा पौराणिक नाम परिवर्तन गर्दै गाउँपालिकाका उपाध्यक्ष वागमती थापाको मृतक श्रीमान् किमबहादुर थापा सुनिलको नामबाट गाउँपालिकाको नाम राखेको भन्दै विपक्षीले विरोध गरेको बताइएको छ । 

उता करिब एक साताअघि पश्चिम रोल्पाको सुकिदह गाउँपालिकाले समेत नाम र केन्द्र परिवर्तनको निर्णय गरेपछि विवाद सिर्जना भएको थियो । मंसिर २९ गते बसेको गाउँपालिका बैठकले माओवादी जनयुद्धमा मारिएका गंगा वली र देवराज वलीको नामबाट ‘गंगादेव’ गाउँपालिका राख्ने गरी निर्णय भएको बताइएको छ । 

गाउँपालिकाको नाम परिवर्तनप्रति नेपाली काँग्रेस, नेकपा (एमाले)लगायतका दलले असहमति जनाउँदै आएका छन् । एमालेका स्थानीय नेता रोशनकुमार वलीको संयोजकत्वमा संघर्ष समिति समेत तयार गरी दबाबमूलक कामको थालनी गरिएको स्थानीयले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले आफ्नो मृतक श्रीमती गंगा वलीको नामबाट गाउँपालिकाको नाम परिवर्तन गर्नुका साथै आफ्नो घरपायक पर्ने गरी केन्द्रसमेत परिवर्तन गरेको स्थानीयले आरोप लगाएका छन् । सो गाउँपालिकामा देखिएको विवाद अहिलेसम्म मिल्न सकेको छैन । 

यसैगरी रोल्पाको त्रिवेणी गाउँपालिकामा समेत केन्द्र परिवर्तनको विषयमा विवाद देखिएको छ । स्थानीय तहको पुनःसंरचना सिफारिश गर्न गठित जिल्ला प्राविधिक समितिले समेत केन्द्रका बारे सर्वसम्मत निर्णय गर्न नसक्दा विवाद कायमै रहे पनि जुगार सिफारिस गरेको थियो । लामो समयसम्म विवाद रहेको सो स्थानमा पुनः विवाद चुलिएको छ । 

गाउँपालिकाको केन्द्र त्रिवेणी की जुगार भन्ने विषयलाई निकास दिन सर्वसम्मत निर्णयको प्रयासमा लागेका छौं गाउँपालिकाका अध्यक्ष शान्तकुमार ओलीले भन्नुभयो । सर्वसम्मत निर्णय हुन नसके अल्पमत र बहुमतबाट भए पनि टुंगो लाग्छ ओलीले भन्नुभयो । 

स्थानीय तह निर्वाचन सम्पन्न भएको छ महिनाभित्र केन्द्र र नाम परिवर्तन गर्न सकिने कानूनी व्यवस्थाअनुसार तोकिएको समय आउन थोरै समय रहँदा जिल्लामा नाम र केन्द्र परिवर्तनको विषय उठेको बताइन्छ । 

हाल जिल्लाका दुई वटा स्थानीय तहको नाम परिवर्तन गरी सशस्त्र युद्धमा मारिएका नेता कार्यकर्ताको नाममा गाउँपालिकाको नामाकरण गर्ने तयारी गरेको माओवादी केन्द्रले आफ्नो पार्टीले जितेको सबै स्थानीय तहको नाम परिवर्तन गर्ने रणनीतिमा लागेको काँग्रेस, एमालेले आरोप लगाएका छन् । 

जिल्लामा थवाङ, दुइखोली, माडी, सुकिदह, सुवर्णाती, सुनछहरी गाउँपालिका र रोल्पा नगरपालिका गरी सातवटा स्थानीय तह नेकपा (माओवादी केन्द्र)ले जितेको थियो । 

यसैगरी एमालेले त्रिवेणी र रुन्टी गढी गाउँपालिका गरी दुई स्थानीय तह र काँग्रेसले लुंग्री गाउँपालिकामा मात्र विजयी हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै