2026-09-15 02:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपायललाई राजधानी तोक्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

प्रकाश बम/पुस १३, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै डोटीबासीले सुदुरपश्चिम क्षेत्रिय प्रशासन कार्यालय दिपायल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । 

आज बजार परिक्रमा गरी सुदुरपश्चिम क्षेत्रीय प्रशासन कार्यलय राजपुर दिपायलको गेट अगाडी संघर्ष समितिका सदस्य बिक्रम साउदले सुदुर पश्चिम क्षेत्रीय प्रशासन कार्यलयकका सुब्बा मोतीलाल महरालाइ ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्र बुझ्दै सुदुर पश्चिम क्षेत्रीय प्रशासन कार्यलयकका सुब्बा महराले मागलाई नेपाल सरकार प्रधानमन्त्रीको कार्यालयमा अहिले नै जानकारी गराउने बताए थिए ।

दिपायल सुरक्षा, भौतिक संरचना सहित भौगोलिक रुपले समेत प्रादेशिक राजधानीलागि उपयुक्त भएको दाबी गर्दै सरकारलाई दवाव दिन आज दोस्रो दिन ध्यानाकर्षण पत्र बुझाएको उद्योगबाणिज्य संघ डोटीका उपाध्यक्ष साउदले बताउनु भयो । प्रदेश नं ७ को राजधानि दिपायल नै हुनु पर्छ भन्दै बुधबार देखि साताब्यापि  दबाब कार्यक्रम सार्वजनिक गरीएका छन् ।

संघर्ष समितिले  बुझाएको ज्ञापनपत्रमा नौ वटै जिल्लाको पायक पर्ने स्थान रहेको ,संबेदन शिलताका आधारले सुरक्षित, गौणाका रुपमा स्थापित, ऐतिहासिक आधाहरु, भौतिक संरचनाहरु प्रयाप्त ,सामाजिक साँस्कृतिक पहिचान, पहुँचको सुगमता, साविकको सुदुर पश्चिमको क्षेत्रिय सदरमुकाम, ३६ करोडको सभाहल दिपायलमा मात्र भएको, तराईमा हुने जनसंख्याको चाप कम गर्न तथा पहाडको बसाई सराईलाई न्युन गर्न गर्ने जस्ता प्रयाप्त आधार भएकाले दिपायलमा नै राजधानि कायम गर्न ध्यानाकर्षण पत्र उल्लेख गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ