2026-07-05 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त, अब के होला ?

2018-01-17

प्रकास बम/माघ ३, डोटी । सरकारले ७ नम्बर प्रदेशको राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त बनेको छ । 

हजारौंको सँख्यामा सडकमा उर्लेका आन्दोलनकारीहरुले सुरक्षा निकायका गाडीहरुलाई समेत रोक लगाएकाछन् । सरकार बिरुद्ध चर्का नारा लागीरहेकाछन् । प्रधानमन्त्री शेर बहादुर देउवा लगायत शिर्शनेताहरुको पुत्ला दहनका लागि तगारी गरिरहेकाछन् । 


सडकमा उर्लिएको मास अनियन्त्रीत छ । सबैमा आक्रोस देखिन्छ । आन्दोलनकारीले होटेल, पसल  बन्द नगरीए तोडफोड गर्ने चेतावनी दिदै नाराबाजी गर्नुका साथै झ्यालबाट छतबाट हेर्नेहरुलाई समेत ढुङ्गामुडा गर्ने बताउँदै आएकाछन् ।

नेताहरुले, जनप्रतिनिधिहरुले आफ्नो पार्टी र पद त्याग गर्न आन्दोनलकारीले माग गर्दै आएकाछन् । पार्टी र जनप्रतिनिधिहरुले पनि त्याग गर्नका लागि आफुहरु तयार रहेको र त्याग गरेको कागजात बनाउँन बैठक बसिरहेकाछन् । 

आन्दोलनकारीले सरकारले आफ्नो अधिकार खोसेको बताउँदै आएकाछन् ।


संघर्ष समितिका संयोजक नरेन्द्र खड्का सबै जनतामा आक्रोस देखिनुका साथै भिड नियन्त्रबारीर गएको बताए ।  अब जे पनि हुन सक्ने उहाँको भनाईछ । दिपायलमा राजधानी कायम गर्नु पर्ने माग राख्दै बिगत २२ दिन देखि हड्ताल, नाराबाजी, धर्ना, अनसन  लगायत जनप्रदर्शन हुँदै आएको छ । 

आन्दोलनकारीले हड्तालसंगै राजनीतिक दलका सदस्यता त्याग्ने, सरकारी कार्यालयहरुमा कब्जा जमाउने, पहाडी जिल्लाहरुको प्रवेशद्धार बुडरमा सडक बन्द गर्ने, नागरिकता त्याग्ने, जनप्रतिनिधिहरुले पदबाट राजिनामा दिएर सडकमा आउने, राष्ट्रिय सभा निर्वाचन बहिस्कार गर्ने तथा हुन नदिने लगायतका कार्यक्रमहरु तय गरेका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै