2026-09-15 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा कांग्रेसका ३५ नेताले पार्टी कार्यालयमा कालो झण्डा राखेर पार्टी छाडे

माघ ४, डोटी । प्रदेश ७ को अस्थायी मुकाम कैलाली कायम गरिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले नेपाली कांग्रेसको पार्टी कार्यालयमा कालो झण्डा राखेका छन् ।

कांग्रेस नेतृत्वको सरकारले प्रदेश ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेको विरोधमा पार्टी कार्यालयमा कालो झण्डा राखेका हुन् । आक्रोशित कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय कब्जाको घोषणा गरेका छन् ।

सरकारले अस्थायी मुकाम धनगढी तोकेको बिरोधमा बुधवार राति नेपाली कांग्रेसका ३५ जना कार्यकर्ताले राजीनामा दिएका छन् । पार्टी जिल्ला उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवहरु नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिकाका पार्टी नगर सभापति गणेश मलासीसहित ३५ जनाले संयुक्त विज्ञप्ति जारी गरी कांग्रेस परित्यागको घोषणा गरेका हुन् ।

कांग्रेस नेतृत्वको सरकारले डोटेली जनताको भावना विपरीत अस्थायी मुकाम तोकेर दुर्गमका जनतामाथि अन्याय गरेकोले आफूहरुले पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ