2026-07-29 04:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपायल तनावग्रस्त, प्रहरीद्वारा चार राउण्ड अश्रुग्याँस प्रहार, सिलगढीमा आगजनी

प्रकाश बम | माघ ४, डोटी | ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली निकै आक्रोशित बन्दै गएका छन् । हिजो साँझदेखी आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरिदिएका छन् ।  त्यसपछि आन्दोलनकारीहरुलाई तितरबितर पार्न ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

यस्तै लाठिचार्ज समेत गरेको छ । भागदौडका क्रममा तीनजना आन्दोलनकारी घाईते भएका छन् । जसमध्ये एकजना गम्भीर घाईते भएका छन् । गम्भीर घाईते भएका दिपायल सिलगढी नगरपालिका ४ का भरत बिकलाई धनगढी रेफर गरिएको छ । यस्तै केआईसिँह ७ का बृद्ध करी भण्डारी र दिपायल सिलगढी नगपालिका १ का नारायण खड्का घाइते छन् । उनीहरुको दिपायल स्थित सुजंग अस्पतालमा उपचार भैरहेको छ ।

अन्य दर्जनौ मानिसहरुलाई चोटपटक लागेको छ । हजारौको संख्यामा आएको आन्दोलनकारीहरुको भीडमा बढीजसो महिलाहरु छन् । अश्रुग्याँसको प्रहारपछि ब्यापक समस्या सिर्जना भएको छ । यस्तोमा पनि आन्दोलनकारीहरु अझै नाराबाजी गरेर अघि बढिरहेका छन् । स्थिती निकै तनावपूर्ण छ । त्यसैगरि डोटीको सदरमुकाम सिलगढीमा जिल्ला बन कार्यालय डोटीको भिआर मोटर साईकल माथी आगजनी गरेका छन् । जिल्ला बन कार्यालय डोटीको बा १ ब ७६३९ नम्बरको मोटर साइकल माथी आन्दोलन कारीले आगजनी गरेको हो । 

आज आन्दोलनकारीले दिपायलको कुलपातेमा र राजपुरमा रहेको ट्राफिक प्रहरीको चेक पोष्टमा समेत आगजनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ