2026-07-05 01:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पा पुगेर अनन्तले भने- नेपालमा राजनीतिक क्रान्ति पूरा भइसक्यो

2018-01-20

माघ ६, रोल्पा । रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बर्षमान पुनमगर अनन्तले नेपालमा राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै अब आर्थिक क्रान्तिमा देशलाई अगाडि बढाउन र देश समृद्ध बनाउनको लागि सबैको जागर आवश्यक हुने बताउनुभयो । 

उहाले सबै नागरिकलाई समृद्ध बनाउनको लागि अबको बामपन्थी सरकारले नयाँ रोडम्याप तयार गरेर योजना निर्माण र कार्यन्वयन गर्ने समेत बताउनुभयो ।

महोत्सवका संयोजक इमान विष्टको अध्यक्षता पूर्व रहेको दोस्रो चतुर्भुज माण्डवी कृषि, पर्यटन तथा सास्ँकृतिक महोत्सव २०७४ को उद्घाटन गर्दै अर्थमन्त्री समेत रहनुभएका पुनमगरले शुक्रबार रोल्पाको खुग्री चुतुर्भुजमा यस्तो बताउनुभएको हो । 


उहाँले आफु अर्थमन्त्री हुदाको कार्यकालमा युवा स्वरोजगार, सहकारी विकास, पर्यटन र साँस्कृतिक क्षेत्रको विकासमा सके जति पहल गरेको बताउँदै अबको सरकारले पनि युवाहरुलाई रोजगार बनाउनु पर्ने, सबैलाई श्रम गर्ने सँस्कारको निर्माण गर्नु पर्ने, श्रम गर्ने जनशक्तिलाई सम्मान गर्ने, व्यावसायीहरुलाई अनुदान दिनुपर्ने उल्लेख गर्नुभयो ।

युवा नेता पुनमगरले सफल युवाहरुले आफू पनि रोजगार बन्दै अरुलाई पनि रोजगार प्रदान गरेपछि मात्रै बेरोजगार अन्त्य हुने धारण ाव्यक्त गर्नुभयो । उहाँले स्वर्गद्वारी र जलजला लगायत रोल्पा र प्यूठान जिल्ला युद्ध पर्यटन, धार्मिक र साँस्कृतिक पर्यटनको सम्भावना राम्रो भएकोले सबैलाई आर्थिक उत्पादन तिर लाग्नका लागि आह्वान गर्नुभयो ।

नेकपा –माओवादी केन्द्र ५ नं. प्रदेश इन्चार्ज समेत रहनुभएका नेता पुनमगरले हाल प्रदेशको अस्थायी राजधानीका विषयमा भइरहेको आन्दोलनका बारेमा सरकारले जनसंख्यालाई मात्रै आधार मानेको भन्दै भौगलिक सुगमतालाई पनि ध्यान दिनु पर्ने बताउनुभयो साथै आन्दोलनलाई सचेत र कुशल ढंगले अगाडि बढाउँदै प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान सभामुख ओनसरी घर्तीमगरले व्यवस्थापन परिवर्तनको लागि आन्दोलन पूरा भएको बताउँदै भन्नुभयो -“जस्तो भए पनि राजाकै सन्तान राजा हुनु पर्ने व्यवस्थानको विरुद्धमा आन्दोलन गरेका थियौँ सफल भयो अब जनताको छोराछोरीले पनि राजनीति गर्न सक्ने र सत्ताको नेतृत्व गर्न सक्ने व्यवस्था लिएका छाँै ।”

घर्तीमगरले परिवर्तन र नयाँ संविधानको कार्यन्वयको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै अब वाँकी संविधानको पनि कार्यन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले सबै राजनीतिक दलहरुको सहमतिमा नेपालको सम्बृद्ध हुने र विकासका लागि सबै नागरिक एक हुनु पर्नेमा जोड दिनुभयो । रोल्पा जिल्लाबाट निर्वा्चित भएर रोल्पाको विकासका लागि लागेको र अझै पनि रोल्पाको विकासमा लाग्ने उल्लेख गर्नुभयो ।


यसैगरी कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य दिपेन्द्र पुनमगर ‘सिजल’ ले देशको सम्बृद्ध गर्ने हो भने पहिले आफू, परिवार, गाउँ, जिल्ला सम्बृद्ध हुनुपर्ने बताउनुभयो । 

उहाँले राजा फाल्ने, पञ्चायत ढाल्ने आन्दोलन लगायत थुपै्र समय व्यवस्था परिवर्तनको आन्दोलमा लागेको बताउँदै अब आफू र देश सम्बृद्ध बनाउने यात्रामा लाग्नु पर्ने बताउनुभयो । उहाँले उत्पादन, व्यापार, व्यवसायी लगायत साँस्कृतिक, पर्यटन एवं साँस्कृतिक महोत्सवबाट जिल्लाको विकास एवं नागरिकलाई स्वरोजगार बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले जनताको सम्बृद्धका लागि महोत्सव कोशेढुङ्गा हुने बताउँदै यसको विकास र विस्तार गर्नका लागि सम्पूर्ण सञ्चार क्षेत्र लाग्नुपर्ने बताउनुभयो । उहाँले सम्पुर्ण सञ्चार माध्यमले सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, सुवर्णावती गाउपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, स्वर्गद्वारी नगरपालिका उपप्रमुख गोमा रेग्मी, सुवर्णावती गाउँपालिका उपाध्यक्ष बागमति थापा क्षेत्रीनी, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदी लगायले सुभकामना मनतव्य राख्नुभएको थियो भने सुवर्णती गाउँपालिका विभिन्न वडाका अध्यक्षहरु, स्वर्गद्वारा नगरपालिका अध्यक्ष विभिन्न सामाजिक रुपमा काम गर्ने सरोकारवाला व्यक्ति, पत्रकारको समेत आतिथ्यता रहेको थियो ।


सत्यावती कला केन्द्रका नृत्य निर्देशक उदिराम खड्का, राष्ट्रिय कलाकारहरुको सहभागिता रहको कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक र कलाकार रुपा घर्तीमगरले गर्नुभएको थियो ।

महोत्सवको रोल्पा जिल्लाका रेडियो माडी आवाज, रेडियो मालाश्रीले प्रत्येक्ष प्रशारण गरेको थियो । कलाकारहरुले विभिन्न स्थानीय तथा अन्य साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको महोत्सवमा करिव १५० वटा स्टल राखिएको छ भने व्यापारिक एवं अन्य स्टलहरु राखिएको छ । महोत्सव ७ दिनसम्म चल्ने आयोजक समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै