2026-09-14 09:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानी माग्दै दाङका महिला हातमा थाली लिएर सडकमा उत्रिए

माघ ६, दाङ । यहाँका महिला राजधानी माग गर्दै सडकमा उत्रिएका छन् । 

दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् । 

उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेता पनि सडकमा आउनुपर्ने माग गर्दै तुलसीपुर बजारमा प्रदर्शन गरेका छन् । गाउँगाउँबाट बजारमा आएर सडक तताएका महिलाले हातहातमा थाली, डाडु, चम्चा र भाडा लिएर सडकमा आन्दोलित भएका छन् । 

उनीहरुले ¥यालीमा भाडा बजाउँदै विरोध जनाएका छन् । सरकारले प्रदेश नं ५ को अस्थायी मुकामा दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुञ्जेल आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । 

महिलाले आन्दोलनलाई थप सशक्त गराउँदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताउनुभयो । “हरेक हिसाबले उपयुक्त रहेको जिल्लालाई उपेक्षा गरेर अवैज्ञानिक ढंगले अस्थायी मुकाम रुपन्देही तोकिएको छ, यो निर्णय हामी महिला दिदी बहिनी र दाङवासीलाई कदापि मान्य छैन” गिरीले भन्नुभयो । 

त्यसैगरी महिला नेत्री सावित्रा गुरुङले पनि अब महिला आन्दोलनलाई थप सशक्ति बनाउँदै लैजाने बतानुभयो । 

महिलाले आफूहरुले सडक संर्घषलाई निर्णय फिर्ता नलिँदासम्म जारी राख्ने बताएका छन् । त्यसैगरी तुलसीपुरमा महिलाले आन्दोलन थालेका छन् भने अन्य दल र संघ संस्थाले राजमार्ग केन्द्रित आन्दोलन गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ