2026-09-14 09:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्याव्सन रोल्पाको आठौं जिल्ला भेला सम्पन्न

मनिषा राई/माघ ६, रोल्पा  । निजि तथा आवाशिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) रोल्पाको आठौं जिल्ला भेला सम्पन्न भएको छ । 

प्याव्सन रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका प्रमुख पुर्ण केसिले सबै बालबालिककालाई शिक्षा प्रदान गर्ने अभियानमा नीजि क्षेत्रको योगदान रहेको बताउँदै यसलाई निरन्तरता दिनका लागि अनुरोध गर्नुभयो । 

साथै उहाँले अब शिक्षा क्षेत्रको दायित्व पनि स्थानीयतहमा आई सकेकोले नगर शिक्षा समिति निर्माण गरी नगरको शैक्षिक गुरुयोजना बनाउने समेत बताउनुभयो । 

नगर शिक्षाको विकासमा नीति क्षेत्रलाई पनि समेटेर लग्नु पर्ने उहाको भनाई छ । उहाँले हाल राजनीतिक बृत्तमा चलिरहेको प्रदेशको अस्थायी राजधानीको आन्दोलन सबैलाई पायक पर्ने स्थानमा हुनु पर्ने बताउँदै बुटवल भौगलिक हिसावले न्यायिक नभएको समेत बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि प्याव्सन रोल्पाका सल्लाहकार कृष्ण बहादुर घर्तीमगरले नीजि विद्यालयहरुले अनुसाशन लाई कार्यन्वयन गरेको बताउदै उहाँ प्यावसन रोल्पाको सिफारिस मै जिल्ला शिक्षा समितिको सदस्य रहेको जानकारी गराउनुभयो ।

त्यसबाट पाउने भत्ता पनि प्याव्सनकै योजनामा खर्च गर्नका लागि आफू तयार रहेको बताउँदै योजना निर्माण गर्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदी, गैर सरकारी सँस्था रोल्पाका अध्यक्ष कर्ण बाठामगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक लगायतले शुभकामना मतव्य राख्नुभएको थियो । 

जिल्ला स्थित बिभिन्न मिडियामा आवद्ध पत्रकारहरुको समेत उपस्थिति रहेको कार्यक्रममा तुलसी आवासीय मा.वि., ब्राइट फ्यूचर आवासीय मा.वि. र होली भिजन आवासीय मा.वि. लिबाङ रोल्पाले नृत्य प्रस्तुत गरेका थिए ।

प्याव्सन रोल्पाका उपाध्यक्ष गन्ज क्षेत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन प्याव्सन रोल्पाका सचिव डिवि घर्तीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ