२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै

२०७४, २२ माघ सोमबार ०७:५३

माघ २२, धनगढी | त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै हुनुहुन्छ । 

चारवटा दलका सांसद रहेको यस प्रदेशको संसद्मा सबैभन्दा बढी नेकपा (एमाले)का २५ जना सांसद रहेका छन् । एमालेका सबै सांसद संसद्मा नयाँ अनुहार हुन् । नेकपा (माओवादी केन्द्र)का १४ जनामध्ये कैलालीबाट प्रदेशसभामा निर्वाचित वीरभान चौधरी यसअघि २०६४ सालमा पहिलो संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रदेश संसद्मा नेपाली काँग्रेसका १२ जना सांसद रहेका छन् । डोटीबाट प्रदेशसभामा निर्वाचित सांसद भरतबहादुर खड्का यसअघि २०७० सालमा दोस्रो संविधानसभामा समानुपातिक सांसद हुनुहुन्थ्यो । राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फकी प्रदेशसभा सदस्य मालामती राना पनि यसअघि सांसद हुनुभएको थियो । प्रदेशसभाको आइतबार पहिलो बैठक सकिएपछि रासससँग कुराकानी गर्दै सांसद रानाले घरआँगनमै रहेको संसद् भवनमा सम्बोधन गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । 

“अब प्रदेशका मुद्दाका विषयमा मात्रै हामी बढी केन्द्रित हुन पाउने भयौँ,” उहाँले भन्नुभयो– “अघिल्लो पटक संसद्मा मुलुककै लागि बढी केन्द्रित भइयो ।” 

कञ्चनपुरबाट माओवादी केन्द्रबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद महेशप्रसाद जोशीले पहिलो पटक सहभागी हुँदा थप जिम्मेवारी बोध भएको बताउनुभयो । उहाँले आफ्नो प्रदेशसभामा नयाँ अनुभव भएको बताउनुभयो । काँग्रेसका तर्फबाट पहिलो पटक प्रदेश सांसद बन्नुभएका टेकबहादुर रैकाले विकासका लागि एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश नं ७ लाई अगाडि बढाउन साझा मुद्दा बनाउने विषयमा सबै एकमत रहेका उहाँको धारणा थियो । 

प्रदेशसभाकी समानुपातिक सदस्य पूर्णा जोशीले पहिलो पटक संसद्को अनुभव लिन पाउँदा गौरवको अनभूति भएको बताउनुभयो । “जनताको वास्तविक प्रतिनिधि हुने अवसर प्राप्त भएको छ,” उहाँले भन्नुभयो– “प्रदेशको स्वरुप परिर्वतन गर्ने जिम्मेवारी अब हाम्रै हो ।” 

कञ्चनपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद तारालामा तामाङले प्रदेश नं ७ मा आफ्नो पार्टीमा विभिन्न जिम्मेवारी बहन गरिरहेका नेताले प्रदेशसभामा प्रतिनिधित्व गरिरहेका बताउनुभयो । 

प्रदेश नं ७ को पहिलो प्रदेशसभा बैठकमा परम्परागत थारु वेशभुषामा सजिएर आउनुभएकी सांसद चुनकुमारी चौधरी लेहँगा र चोलीमा बैठकमा सहभागी हुन आउनु भएको थियो । दुई दशकसम्म बुबा÷आमा कैलालीको श्रीपुरमा साहुको घरमा कमैया बसेको बताउँदै उहाँले आफू पनि डेढ दशकसम्म साहुकै घरमा बसेको बताउनुभयो । 

“बुबासँगै साहुको घरमा काममा खटिएँ, आज प्रदेशको सांसदसम्म भएँ,” उहाँले भन्नुभयो । एमालेबाट समानुपातिक सांसद हुनुभएकी चौधरीले प्रदेशको समग्र विकासका लागि आफू लागिपर्ने बताउनुभयो । 

पहिलो पटक प्रदेशसभा बैठक धनगढीस्थित प्रदेशसभा भवनमा बस्दै गर्दा बाहिर सर्वसाधारण निकै उत्साहित देखिन्थे । संसद् बैठक नियाल्दै गरेका धनगढीका स्थानीयवासी नेत्रराज ओझाले घरआगँनमै संसद् आइपुगेको आभाष भएको बताउनुभयो । “राज्य पुनःसंरचनाले सबैमा उत्साह ल्याएको छ,” उहाँले भन्नुभयो । 

प्रदेश नं ७ को पहिलो बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य ७४ वर्षीया दिव्यश्वरी शाह र सांसद कर्णबहादुर मल्ल नाताले सासू ज्वाइँ हुन् । शाह काँग्रेसका तर्फबाट कैलालीबाट समानुपातिक तथा मल्ल डडेल्धुराबाट प्रदेशसभामा निर्वाचित सांसद हुनुहुन्छ । 

सात नं प्रदेशका नौवटा जिल्लामध्ये प्रत्यक्ष र समानुपातिक गरी सबैभन्दा बढी कैलालीबाट १७ जना प्रदेशसभा सांसद रहनुभएको छ । कञ्चनपुरबाट आठ, अछामबाट सात तथा डोटी, डडेल्धुरा, बझाङ र दार्चुलाबाट चार÷चार, बैतडीबाट तीन र बाजुराबाट दुईजना सांसदको प्रतिनिधित्व रहेको छ । बाजुराका दुवैजना प्रत्यक्षतर्फका सांसद हुन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार