2026-07-27 12:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिन्छ: उपराष्ट्रपति पुन

माघ २७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने बताउनुभएको छ । 

नेपाल हिमालय सीमापार वाणिज्य संघको १८औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आयात बढी भएकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु पाँच खर्ब व्यापार घाटा रहेको बताउनुभयो । 

“चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट नेपालमा रु ६७ अर्ब ८८ करोडको सामान आयात गरिएको छ, नेपालबाट चीनमा रु एक अर्ब ५८ करोडको सामान मात्र निर्यात भएको छ, यस अवधिमा चीनसँग रु ६६ अर्ब ३० करोडको व्यापार घाटा भएको छ”– उहाँले भन्नुभयो । 

दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म आयात भइरहेकोतर्फ उपराष्ट्रपति पुनले चिन्ता प्रकट गर्नुभयो । उत्पादन र निर्यातमा ध्यान दिनसके चीनसँगको व्यापार घाटा कम गर्न सकिने उहाँको भनाइ थियो । 

चीनसँग व्यापार हुने कोदारी नाका भूकम्पपछि बन्द हुनु र रसुवा नाकामा भौतिक संरचना राम्रो नहुँदा देशको अर्थतन्त्रमै असर परेकाले यसतर्फ गम्भीर हुन सरोकार भएका निकायका अधिकारीलाई उपराष्ट्रपति पुनले आग्रह गर्नुभयो । 

सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद अग्निप्रसाद सापकोटाले राजनीति ट्र्याकमा आएकाले विकास निर्माणका माध्यमबाट समृद्धिको ढोका खोल्ने समय आएको बताउनुभयो । “अब बन्ने सरकारले राष्ट्रिय जीवनका सबै क्षेत्रमा रुपान्तरण गर्नुपर्नेछ, सबैले समान अवसर पाउने समाजवाद स्थापना हुनेछ, सरकारी, सार्वजनिक र निजी क्षेत्रको तीन खम्बे अर्थनीतिका माध्यमबाट समृद्धिको बाटो खुल्नेछ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेशलाल प्रधानले सरकारका १४ निकायले प्रहरी लगाएर व्यवसायीको अनुगमन गर्दा पनि कालोबजारियाका नाममा दुःख दिइएको गुनासो गर्नुभयो । कर तिरेर व्यापार गर्दा सरकारले २० प्रतिशतभन्दा बढी नाफा नखाऊ भन्नु जायज नभएको उहाँको भनाइ थियो । 

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले ४० वर्षअघि बनेको कालोबजारिया ऐनलाई खारेज गर्न माग गर्नुभयो । 

सो अवसरमा चीनको गोञ्जाओ प्रान्तमा रहेको नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत रवि भट्टराई, संघका अध्यक्ष विष्णुबहादुर खत्री र महासचिव अर्जुनप्रसाद गौतमले चीनसँगको व्यापारलाई सहज बनाउन आवश्यक पूर्वाधार निर्माण एवं तयारीका काम गरिनुपर्नेमा जोड दिनुभयो । 

संघको साधारणसभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेसमेत सो अवसरमा जानकारी गराइयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली