मिडिया नेपाल कञ्चन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  

मिडिया नेपाल कञ्चन"/>

2026-07-29 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

चालीस प्रतिशत जनता विद्युत् पहुँच बाहिर: ऊर्जामन्त्री थापा

माघ २८, भीमदत्तनगर | उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले अझै मुलुकमा ४० प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेको बताउनुभएको छ ।

 

मिडिया नेपाल कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आगामी पाँच वर्षभित्र हरेक घरमा विद्युत् सेवा पुर्याउने लक्ष्यअनुसार सरकारले काम अघि बढाएको जानकारी दिनुभयो । 

आगामी १० वर्षभित्र १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको तयारी रहेको बताउँदै ऊर्जामन्त्री थापाले प्रदेश नं ७ मा जलविद्युत्को अथाह सम्भावना रहेको जानकारी दिनुभयो । “नौ महिनाभित्र अपर तामाकोशी जलविद्युत् आयोजना सम्पन्न हुँदैछ ।” उपप्रधानमन्त्री थापाले भन्नुभयो, “शनिबार उद्घाटन गरिएको चमेलिया जलविद्युत् आयोजना प्रदेश नं ७ मा अहिलेसम्मको ठूलो आयोजना हो ।”। 

निर्वाचनमा उम्मेदवार नउठाउनु गम्भीर गल्ती 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधान एवं ऊर्जामन्त्री थापाले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार खडा नगर्नु ठूलो गल्ती भएको बताउनुभयो । “प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा हामीले पाँच क्षेत्रमा मात्रै उम्मेदवारी दियौँ ।उहाँले भन्नुभयो, “उम्मेदवार नभएका कारण पनि समानुपातिकमा मत आएन ।” आगामी दिनमा समेत हिन्दू राष्ट्र पार्टीको प्रमुख एजेण्डा रहने र त्यसका निम्ती सडक संघर्ष गर्दै अघि बढिने छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली