2026-09-13 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश नं २ को उपसभामुखमा देव निर्वाचित

फागुन ४, जनकपुरधाम | प्रदेश नं २ को प्रदेशसभा उपसभामुखमा संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य उपमाकुमारी देव आज निर्विरोध निर्वाचित हुनुभएको छ । 

उहाँ सप्तरी जिल्लाबाट समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ । सभामुख सरोजकुमार यादवले प्रदेशसभा उपसभामुखमा एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले प्रदेशसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ को उपधारा (१) बमोजिम उपसभामुखमा देव निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । 

निर्धारित समयभन्दा ४५ मिनेट ढिलो गरी अपराह्न १:४५ बजे शुरू भएको बैठक २:०० बजेसम्म बसेको थियो । बैठकमा फोरमका ज्ञानेन्द्रकुमार यादवले प्रदशसभा सदस्य देवलाई उपसभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव राख्दा राष्ट्रिय जनता पार्टी नेपालका प्रदेशसभा सदस्य सुरिताकुमारी साहले समर्थन गर्नुभएको थियो । 

यसअघि सभामुख यादवले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट प्राप्त मुख्यमन्त्रीमा लालबाबु राउतलाई नियुक्ति तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो । प्रदेशसभाको अर्कौ बैठक शनिबार बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन