2026-09-14 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँडा गाउँपालिका अव साइपाल गाँउपालीका

टेकेन्द्र बोहरा | फागुन १३, बझाङ |  स्थानीयको तहको आठ महिना लामो आन्दोलनपछि काँडा गाउँपालिकाले अव साईपाल गाँउपालीकाको मान्यता पाएको छ । 

काँडा गाउँपालिकाको नाम परिवर्तन गरेर साइपाल गाउँपालिका कायम गरिएको हो । जिल्लाको सबैभन्दा अग्लो हिमाल साइपालको नामबाट गाउँपालिकाको नामाकरण गर्ने कार्यपालिकाको निर्णय मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि नाम परिर्वतन भएको हो । 

समुन्द्र सतहबाट ७ हजार ३६ मिटरको उचाइमा रहेको साइपाल हिमालको नामबाट गाउँपालिकाको नामाकरण गर्न पाउनु सौभाग्य भएको साईपाल गाँउपालीकाका घुरन बोहराले बताए। 

‘साइपाल हिमाल सुदूरपश्चिमकै प्राकृतिक धरोहर हो’। गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले भन्नुभयो, ‘यो हिमाल हाम्रो गाउँपालिकाको भुगोल भित्र हुनु र गाउँपालिकाको नामाकरण पनि साइपालकै नामबाट गर्न पाउनु हाम्रो लागि गौरवको विषय हो’ ।

साइपाल हिमाल आरोहण र पर्यटकीय गतिविधी व्यवस्थापन गर्न सके मात्र गाउँपालिकाको आम्दानीको ठूलो स्रोत साइपाल हिमाल हुने भएकोले यसको प्रचार प्रसार गर्नका लागि हिमालको नामबाट गाउँपालिकाको नाम राखिएको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण जोशीले बताउनुभयो ।

जिल्लाकै सबैभन्दा दुर्गम मानिने साइपाल गाउँपालिका क्षेत्रफलका हिसाबले नेपालकै ठूलो गाउँपालिका हो । १ हजार ४ सय ६७ बर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो जिल्लाकै सबै भन्दा उच्च हिमाली क्षेत्रमा रहेको गाउँपालिकासमेत हो । 

चिनको स्वसासित क्षेत्र तिब्बतसँग जोडिएको यस गाउँपालिकाको जनसंख्या २ हजार १ सय ८२ रहेको छ । जडिबुटीको भण्डार मानिने यो गाउँपालिकाको क्षेत्रमा अभ्रख, काइनेट, क्वार्ज, चुनढुगा, फलामलगायतका बहुमूल्य खनिजहरुसमेत रहेको खानी तथा भूर्गभ विभागको तथ्याङ्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ