2026-09-03 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

काठमाण्डौमा संघर्ष समिति डोल्पाबाट प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र

टेकबहादुर शाही/फागुन २१ डोल्पा | डोल्पाको ठुलीभेरि नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको बिषयमा दुनै सोमाबार पाचौं दिन पनि बन्द रह्यो । दुनैमा आइतबार संघ्रस समितिले जिल्ला प्रशासन र जिल्ला समन्वय समिति मार्फत प्रधानमन्त्रीको कार्यालय,प्रदेशमा मुख्य मन्त्रीको कार्यालयमा आफना माग सहित ६ बुद्धे आन्दोलनका चरणहरुको कार्य तालिका सार्वजानिक गर्दै ज्ञपान पत्र बुझाएको संघ्रस समितिका अध्यक्ष हिक्मत शाहीले जानकारी दिए । 

ज्ञापन पत्र

दुनैमा आन्दोलन चौथो दिन जारी रहदा केन्द्र सरकारलाइ दवाब दिन भन्दै काठमाण्डौमा धनिराम बुढाथोकीको अध्यक्षतामा १३ सदस्यि संघ्रस समितिको गठन भएको छ । जिल्लाको दुनैमा दैनिक बन्द र आन्दोलन भैरहदा केन्द्रमा पनि दवाब दिन संघ्रस समितिको गठन गरि केन्द्र सरकारलाइ दवाब दिन लागेको संघ्रस समितिका अध्यक्ष धनिराम बुढाथोकीले जानकारि दिए । उनले भने शनिबार दुनैमा पत्रकारहरु माथि भएको घटना निन्दनीय भएकोले अबका दिनमा यस्ता घटना हुन नदिने भन्दै चमायाचना समेत गरे । 

ठलीभेरि नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले जालसाजी र झ्ुक्कयाएर रातिराति नै केन्द्र जुफालमा सारेकोले सकारले फागुन १६ गते गरेको निर्णय सच्याउनु पर्ने दुनै बासिको माग रहेको छ । जिल्ला प्रदेश र केन्द्र सम्म दवाद दिएर सरकारले गरेको निर्णय सच्यारै छोड्ने दुनै र काठमाण्डौको संघ्रस समितिको दावी रहेको छ । उनिहरु भन्छन स्थानीय सरकारको प्रमुखले जालझेल र जनतालाइ झुक्याउने काम गरे जनमतको कदर गरेनन । 

“बन्दको कारण शिक्षण संस्था र सरकार गैरसरकारी कार्यालय बन्द”

यहि फागुन १६ गते साझबाट भएको आन्दोलन र बन्दको कारण आइतबार दुनैका सबै शिक्षण संस्थाहरुका साथै गैरसरकारी र सरकारी कार्यालयहरु अधिकांश बन्द रहेका छन । आंशिक रुपमा खुलको कार्यालयहरुमा पनि बन्दका कारण सेवाग्राहीहरु सेवा लिन आएनन । बन्दका कारण गाउगाउबाट आएका सेवाग्राहीहरुले सबै भन्दा धेरै बैँङकिङ सेवा लिन सकेनन । सेवा लिए पनि लुकीछिपी लिनु परेको नागरिकहरु बताउछन । 

आन्दोलनमा सहयोग गरिदिन भन्दै आग्रह गरे पछि दुनै बजारका सबै ब्यावसायिहरुले बन्दको पालना गरेका छन । दैनिक लाखौको क्षेति ब्यहोरे पनि बन्दको अबज्ञा भने गरेका छैनन । ब्यावसायिको नोकसानीको मध्यनजर गर्दे सोमबार देखि बिहान ११ बजे सम्म र बेलुकी ५ बजे पछि बजार खुल्ला गरिने निर्णय संघ्रस समितिले जानकारि दिएको छ । तर सरकार तथा गैरसरकारी कार्यालय र बिद्यालयहरु भने खुल्न नदिने बताएको छ । 

शिक्षा लिनबाट बालवालिका बञ्चित रहेका छन भने एसईई दिने वालवालिकाले समेत परिक्षाको तयारि कक्षा लिन पाएका छैनन । बन्द आन्दोलन जे गरे पनि बिद्यालय खुल्न दिनु पर्ने अभिभाबकको माग रहेको छ ।  तर यता आन्दोलन गनेैहरुले भने एक निष्कर्ष नआउनजेन सम्म कुनै पनि हालतमा बन्द नखुल्ने बताएका छन । 

“नगरपालिकाको केन्द्र सर्नु जनताको माग सरकारको निर्णय स्वागत योग्य” 

ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफालमा सर्न जनताको माग र आवास्यक्ता भएको जुफाल र माझफाल बासिको भनाइ रहेको छ । भुगोल र जनसंख्यको तुलना र जनतालाइ नगरपालिकाले दिने सेवा जुफालबाट नै सहज हुने भएकोले नगरसभाले गरेको निर्णयमा सरकारले गरेको निर्णय स्वागत योग्य रहेको वडा नं.९ का अध्यक्ष बिरमलकुमार भण्डारीले बताए । उनले भने यदि बिधि पुगेकै हैन भने कानुनि बाटो छ प्रकृयामा जानु राम्रो हुन्छ तर सर्वसाधारण जनतासंग रिस पोख्नु राम्रो होइन । 

सरकारले निर्णय गरेर राजपत्रमा प्रकाशन भई सके पछि नगरपालिकाको कार्यालय जुफालबाट नै सञ्चालन हुने र कर्मचारिहरु सबैले जुफालबाट नै जनतालाइ सेवा प्रदान गर्नु पर्ने अन्य वडाका अध्यक्षहरुलो बताए । आन्दोलन गर्नु भन्दा पनि बिधि र बिधानले गलत लागेको निर्णय सच्याउन पर्ने जनप्रतिनिधिहरुले बताए । बहुमतले नगरपरिषदबाट पारित भएको कारण सरकारको निर्णय गलत नभएको उनिहरुको दावी रहेको छ । 

शनिबार आन्दोलनका क्रममा पत्रकार माथि भएको आक्रमणको जुफाल र माझफालका जनप्रतिनिधिले निन्दनीय भएको भन्दै भत्र्सना गरेका छन । घटना जस्तो सुकै भए पनि पत्रकारहरु माथिए द्रुब्वहार नगर्न र स्वतन्त्र रुपमा सुचना संकलन गर्न दिनु पर्नेमा सबैले सहयोग गर्नु पर्नेमा उनिहरुको जोड रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही