2026-07-27 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पामा नेपाली काँग्रेसको कार्यकर्ता भेला: के-के भए निर्णय ?

फागुन २३, लिबाङ | विभिन्न चरणका निर्वाचनमा पराजित भए पनि नेपाली काँग्रेस नीति, सिद्धान्त र विचारले पराजित नभएको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् । 

कार्यक्रमका सहभागीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सतिसालको रूख जस्तै अडिग रहेको हुँदा कुनै पनि हालतमा विचलित नभएको र विचलित नहुने बताएका हुन् । 

विगतका कमीकमजोरी सच्याउँदै अबका दिनमा गुटउपगुटको राजनीति छोडेर एक ढिक्का भई पार्टीका विभिन्न गतिविधिलाई चलायमान गराउनुपर्ने उनीहरुको सुझाव छ । नेपाली काँग्रेस रोल्पाको आयोजनामा मंगलबार रोल्पाको लिबाङमा सम्पन्न पार्टी संगठन सुदृढीकरण तथा रणनीति निर्माणका लागि जिल्लास्तरीय कार्यकर्ता भेला तथा समीक्षा कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् । 

भेलाले वडापालिकादेखि जिल्ला समन्वय समितिसम्मका सम्पूर्ण स्थानीय तहमा छाया सरकार गठन गर्ने, पार्टी संगठन सुदृढीकरण अभियानलाई कार्यतालिका एवम् कार्ययोजना निर्माण गरी अभियान सञ्चालन गर्ने, नेपाली काँग्रेस रोल्पाको निर्माणाधीन भवनलाई पूर्णता दिनका लागि गत वर्ष भएको निर्णयलाई कार्यान्वयन गर्ने आदि निर्णय गरेको छ । 

जनताको इच्छाविपरीत गरिएको गाउँपालिकाको नामाकरणका विषयमा जनताका बीचमा पुगी सल्लाह सुझाव लिई कडा रुपमा प्रस्तुत हुने र सुकिदह गाउँपालिकाका प्रमुख वीरबहादुर भन्ने भीउदे खत्रीको दोहोरो नागरिकताका विषयमा कानूनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई दबाब दिने, गतवर्ष स्थानीय तहको निर्वाचनअगाडि अर्बाैंको बजेट उपभोक्ता समितिबाट निर्माण भएका योजनाको अनुगमन गरी अनियमितताका बारेमा कडा रुपमा प्रस्तुत हुने र जनतालाई सुसूचित गर्ने लगायतका निर्णय गरिएको नेपाली काँग्रेस रोल्पाले जनाएको छ । 

पूर्व सिँचाइ राज्यमन्त्री एवम् नेपाली काँग्रेस रोल्पाका सभापति अमरसि‌ंह पुनको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवम् पूर्व राज्यमन्त्री सुरेन्द्र हमालको प्रमुख अतिथि रहनुभएको कार्यक्रममा पूर्वसहायकमन्त्री एवम् पार्टी सल्लाहकार भीमकुमारी बुढामगर, नेपाली काँग्रेस रोल्पाका पूर्वसभापति कृष्णबहादुर घर्तिमगर, अर्का पूर्वसभापति एवम् सल्लाहकार माधवप्रसाद आचार्य, लुंग्री गाउँपालिकाका प्रमुख दुर्गाबहादुर खड्का, सोही गाउँपालिकाका उपप्रमुख भीमकली बुढाथोकी, नेकाँ रोल्पाका उपसभापति किशोरकुमार आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली