2026-07-29 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्ड र मुख्यमन्त्री भट्टबीच भेटवार्ता

चैत १, काठमाण्डौ | नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ७ बजे मुख्यमन्त्री भट्ट र अध्यक्ष दाहालबीचभेटवार्ता भएको हो ।

 मुख्यमन्त्री भट्टले राष्ट्रपति निर्वाचनमा मतदान गर्न काठमाडौं गएका बेला पूर्वप्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका हुन् । भेटर्वाताका क्रममा संघीय सरकार र प्रादेशिक सरकारको कामकारवाही, कानुन निर्माणका सात नं प्रदेश सरकारलाई क्षतिपुर्तिसहितको थप अधिकार साथै अन्य राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको मुख्यमन्त्रीका प्रेस सहयोगी मिलन परियारले बताएका छन् ।

‘उहाँहरुबीच संघीय सरकार र प्रादेशिक सरकारको अधिकार क्षेत्र र कानुन निर्माण नहुदा प्रदेश सरकारले जनजिविकासंग जोडिएका मुद्धाहरुलाई सम्बोधन गर्न ढिलाई भइरहेको र पछिल्लो विकसित राजनीतिक विषयमा महत्वपूर्ण कुराकानी भयो ’परियारले भने । काठमाडौंमा रहेका क्रममा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री राम बहादुर थापा बादल, पूर्व रास्ट्रपति राम बरण यादबसंग पनि भेटवार्ता गर्नु भएको थियो । बिहान प्रचण्डसंगको भेटवार्तापछि मूख्यमन्त्री भट्ट आज बिहान ९ बजे धनगढी फर्कनु भएको छ ।बिहान ८ बजे श्री एअरलाईन्सबाट धनगढी फर्कनु भएको हो । गेटा बिमानस्थलमा कर्मचारी,स्थानिय निकायका जनप्रतिनिधि,शुभचिन्तक,पत्रकार र कार्यकर्ताहरुले पुष्पगुच्छाले स्वागत गरेका थिए । मूख्यमन्त्री भट्टसंग उहाकी पत्नी शारदादेबी भट्ट,राजनितिक सल्लाहकार नरेन्द्र कुवँर र स्वकिय सचिव शिव सिं ओली रहेका छन्। त्यसैगरी मूख्यमन्त्री भट्ट धनगढी आज बिहान धनगढी पुगेलगत्तै होटल फ्लोरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । 

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कैलाली शाखाको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो ।

पत्रकार भेटघाटका क्रममा मूख्यमन्त्री भट्टले राष्टपतीको चुनाबका लागि काठमाडौं गएको समयमा प्रदेश सरकार र केन्द्र सरकारको अधिकार क्षेत्र,प्रदेशको कानुन निर्माण,प्रदेश प्रहरी संरचना,राज्यद्धारा बिगत बर्षदेखी उपेक्षा गरिदै आएको सुदूर पश्चिम क्षेत्रको विकासका लागि सात नं.प्रदेश सरकारलाई क्षतिपुर्ति सहितको बिशेष अधिकार प्रदान गर्न दिनप्रति दिन बढ्दै गएको सात नं.प्रदेशको सुरक्षा संम्बेदनशिलता,सुशासन र भष्टाचार नियन्त्रणका बारेमा प्रधानमन्त्री केपी ओली,माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री राम बहादुर

थापा बादलसंग भेटेर बिशेष कुराकानी भएको जानकारी कारी गराउन भएको थियो । 

भेटका क्रममा प्रधानमन्त्री ओली र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानिय साधन,स्रोतको परिचालन गरि विकास र समृद्धि तर्फ अघि बढ्नुस सात नं.प्रदेश सरकारलाई केन्द्र सरकारले थप सहयोग गर्ने बचन दिनु भएको मूख्यमन्त्री भट्टले बताउनु भएको छ । पत्रकारहरुको प्रश्नको जवाफ दिदै भट्टले कानुनको अभावमा प्रदेश सरकारको काम कारबाहीमा ढिलाई भएको र कानुन निर्माणका लागि समिति गठन गरि आबश्यक काम अघि बढी सकेको र बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जनतालाई सुरक्षा प्रत्याभुत दिलाउन सबै सुरक्षा निकाय सक्रिय रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै