तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत"/>

2026-09-14 03:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

म कुनै राजनीति विशेषमा छैन्, निर्दलीय भएको छु: सभामुख महरा

दाङ ७, चैत | सभामुख कृष्णबहादुर महराले आफूले निष्पक्ष भूमिका निभाउने बताउनुभएको छ । 

तुलसीपुर उद्योग वाणिज्य संघले बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उहाँले सरकारलाई नीतिनिर्देशन गर्ने ठाउँमा भएकाले आफ्नो भूमिका निष्पक्ष हुने बताउनुभयो । 

सभामुख महराले भन्नुभयो– “अब म पाँच वर्ष सम्मका लागि साझा व्यक्ति हुँ, कुनै राजनीति विशेषमा छैन्, म निर्दलीय भएको छु, मैले प्रतिनिधि सभामा निष्पक्ष रुपले काम गर्नेछु” । 

अहिले आफ्नो पहिलो काम कानून निर्माण गर्ने भएकाले त्यसका लागि आफू अत्यन्त जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले दाङका जनताका लागि आफ्नो जनप्रतिनिधिको भूमिकामा कतै पनि कमी नआउने बताउनुभयो । 

सभामुख महराले उद्योग वािण्ज्य संघले उठाएको टरिगाउँ विमानस्थलको स्तरोन्नति, नियमित हवाई उडान सञ्चालन र इन्धन डिपो स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गर्ने बताउँदै “इन्धन डिपो स्थापनाका लागि सम्बन्धीत मन्त्रीसँग कुरा भएको छ, अबको एक महिनामै त्यो काम हुन्छ, बहुउद्देश्य सभाहल निर्माणका लागि पनि शहरी विकास मन्त्रालयसँग कुरा भएको छ,” भन्नुभयो । 

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले टरिगाउँ विमानस्थलको स्तरोन्नति, इन्धन डिपो निर्माण, बहुउद्देश्य सभाहल निर्माण र व्यावसायिक सुरक्षा लगायतका माग सहितको ज्ञापन पत्र सभामुख महरालाई बुझाएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ