2026-07-29 06:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

द्वन्द्वपीडितका लागि राहतका कार्यक्रम ल्याउछौ: मन्त्री मगर

चैत १९, कञ्चनपुर | दशक लामो द्वन्द्वका क्रममा पीडित भएका नागरिकको घाउमा मलम लगाउने गरी सरकारले राहतको कार्यक्रम ल्याउने खानेपानी मन्त्री बिना मगरले बताउनुभएको छ । 

बेलौरी नगरपालिकाका शहीद तथा बेपत्ता पारिएका परिवारजनलाई साइकल हस्तान्तरण एवं द्वन्द्वपीडित परिवारका सदस्य सम्मान कार्यक्रममा मन्त्री मगरले आफूलाई समेत माओवादी पार्टीले शहीद घोषणा गरी श्रद्धाञ्जलि दिइसकेको स्मरण गर्दै मृत्युकुण्डबाट नयाँ जीवन लिएर आएको बताउनुभयो । 

उहाँले नेकपा (माओवादी केन्द्र) शहीदकै रगतको टीका लगाएर यहाँसम्म पुगेको बताउँदै अब त्यस्तो अवस्था सिर्जना हुन नदिन वाम गठबन्धन गर्नुपरेको बताउनुभयो । निर्वाचनका क्रममा जनतासँग गरेका सबै वाचा पूरा गर्न आफू आतुर रहेको उहाँले बताउनुभयो । 

सो अवसरमा मन्त्री मगरले नगरपालिकाभित्र रहेका ५७ जना द्वन्द्वपीडित परिवारका सदस्यलाई साइकल हस्तान्तरण गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै