2026-07-06 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली डोल्पामा राष्ट्रिय सडक पहिलो प्राथमिकता

टेकबहादुर शाही | चैत्र ३०, डोल्पा | प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक सास्कृतिक र जैबिक बिबिधताले भरिएको डोल्पाको भ्रमण गरेका छन । कर्णाली पर्यटन बर्ष तथा रारा महेत्सवको उद्धघाटनमा जाने क्रममा डोल्पाको भ्रमणमा प्रधानमन्त्री डोल्पा पुगेका हुन ।  

डोल्पालाई यसै आर्थिक बर्ष भित्रै राष्ट्रिय सडक सञ्जालमा जोड्नको लागि २०करोड मात्र होइन जति करोड लागे पनि नेपाली सेनालाइ उपलब्ध गराइने र सड्क डोल्पामा पुर्याउने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाए । प्रधानमन्त्रीले भने २०७५ बैशाख १ गतेबाटै कर्णालीको पर्यटन बर्ष सूरु भएको र अब हरेक बर्ष कर्णालीमा पर्यटनका कार्यक्रमहरु हुने छन । 

 भौगोलिक बिकटता प्राकतिक सुन्दरता जैबिक बिबिधताले महत्वपुर्ण मानिएको डोल्पाको बिकासको लागि सबै सरकारले कुनै पनि कुराको कसुर नराखी बिकास गर्ने प्रधानमन्त्री ओलीले बताए । उनका अनुसार अब डोल्पाका जनताले अर्गानिक खेति र ब्याबसायमा लाग्नु पर्ने भन्दै सरकारले त्यस तर्फ बिशेष जोड दिने जानकारी दिए ।


डोल्पाको बाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा दर्शन तथा पुजाआजा गर्न डोल्पा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई डोल्पाली जनताले भब्य स्वागत गरेका थिए । कार्यक्रममा डोल्पा जिल्लाको समग्र बिकासका लागि सँस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री धनबहादुर बुढाले प्रधानमन्त्री समक्ष माग पत्र बुझाएका थिए 

डोल्पा महत्वपुर्ण जडिबुटी यार्सागुम्बा पाँच औले लगायतका बहुमुल्य जडिबुटीको भण्डार समेत भएकाले स्वदेशमै यसको स्थाई उत्पादन प्रशोधन र खेती गरिन सके डोल्पाले अझ आर्थिक फाइदा लिन सक्ने बताउदै हावापानी सुहाउदो बेमौसमी तरकारी खेती स्याउ ओखर अँगुर लगायतको बहुआयमिक फाइदाजनक खेतीबाट यहाँको जीवनस्तर माथि उठाउन सकिने कुरामा समेत प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।

डोल्पा लगायतका पहाडि जिल्लाहरुमा छरिएर रहेको र कुनाकन्धरामा मानव बस्ती रहेको सबै ठाउँमा सबै प्रकारको सेवासुबिधा भौगालिक बिकटताको कारणले सरकारले चाहेर पनि बिकास गर्न नसक्ने भएकाले असुरक्षित ठाउँमा बसेका जनतालाई एकिकृत बस्तीको रुपमा बिकास गर्न सुरक्षित स्थानमा सार्ने योजनामा आफ्नो सरकारको मुख्य प्रथामिकता रहेको बताए । ओलीले भने डोल्पाली जनताको समस्या हेरौ बुझौ र गरौ भन्ने आधारमा आफु डोल्पामा आएको उल्लेख गर्दै आफ्नो सरकार भरष्टचारमा सुन्यशहनसिलताको आधारमा अगाडी बडेको बताए । 


आधा घण्टाको आफ्नो सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याँग्यात्मक ढँगबाट आफुले ११ वर्ष अघि फेरेको किड्नीको आधारमा रिष्टपुष्टका साथ फुर्तिलो भएर अगाडी बडेको र आफुमा कुनै समस्या नरहेको बताउन समेत पछि पर्नु र्भएन् ।

प्रधानमन्त्री ओलीले दुर्गमका जनताले यातायातको अभावमा अकालमा मृत्युबरण गर्न नपरोस भनेर कर्णालीकासबै स्थानीय तहमा हेलिप्याडको ब्यवस्था गरिने र कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट सबै जिल्लामा नियमित हवाई सेवाको ब्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए ।

०७५ बैशाख ५ गतेबाट सरकारले सबै बालबालिकालाई भर्ना अभियानको रुपमा लिएकाले सबैलाई आआफ्ना बालबालिका बिद्यालय भर्ना गर्न अनुरोध गर्दै आर्थिक बिपन्न परिवारका बालबालिकालाई काठमाण्डौमा निशुल्क पठनपाठनको ब्यवस्था गरिने बताउदै डोल्पाबाट आथिक बिपन्न परिवारका बालिका पहिचान गरेर पठाइ दिन समेत प्रधानमन्त्री ओलीले आग्रह गरे ।


कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा डोल्पालीको माग पत्र पढ्दै पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले जाजरकोट डोल्पा निमार्णधिन सडकलाई राष्टिय गौरवको योजनाको रुपमा राखि बजेट बिनियोजन दक्षिण रुपैडिहा जमुना नाका हुदै उत्तरी सिमा धो मोम्लिा सम्मको सडक निमार्ण धोमा स्थाई चेकपोष्टको पहल,०७५ सालमा शे फोक्सुण्डो पर्यटन महत्सवको लागि पहल त्रिपुरासुन्दरी भगवती मन्दिर राजारानी क्षेत्रको बिकास लगायतको योजना समाबेश गरि बिकास बजेट बिनियोजन गरि दिन माग गर्नुभएको थियो ।

कार्यक्रममा रक्षामन्त्री ईश्वर पोखरेल पर्यटन मन्त्री रबिन्द्र अधिकारी शिक्षा मन्त्री गिरिराज मणी पोखरेल पुर्व सभामुख सुवास नेवाँङ पुर्व गृहमन्त्री जनार्दन शर्मा लगायतको उपस्थिती रहेको थियो भने प्रधानमन्त्रीको स्वागतार्थ स्थानीय पैसरी नाच लामा नाच प्रस्तुत गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै