2026-07-29 02:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

जि.शि.का कञ्चनपुरले माग पुरा नगरेको भन्दै अनेरास्ववियु क्रान्तिकारी आन्दोलनमा

भाष्कर के.सी/बैशाख १० कञ्चनपुर | जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका शिक्षा अधिकारीले लापरवाहि मनपरी गर्दै आईरहेको भन्दै अनेरास्ववियु क्रान्तीकारीले जिल्लामा नारा जुलुस गर्दै आन्दोलन गरीरहेका छन् ।

 विद्यालयमा भईरहेको पुन भर्ना शुल्क खारिज गरिनु पर्ने, मापदण्ड विपरित स्थापना भएका बोर्डिङ स्कुलहरु खारिज गरीनु पर्ने, अधिक भर्ना शुल्क फिर्ता गर्नु पर्ने, चलखेलको आधारमा गरीएको शिक्षकहरुको सरुवा खारेज गरिनुपर्ने र शिक्षा अधिकारीले पुस्तक तथा भौतिक साधन वितरण मार्फत रुपैंया असुली गरीरहेको आरोप लगाउदै अनेरास्ववियु क्रान्तिकारी कञ्चनपुर आन्दोलित भएको छन । 

अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष बिरेन्द्र राज विष्टले बिगतको समयमा भएका सम्भौता कार्यान्यन नगरेको र अबैधानिक रुपमा मापदण्ड पुरा नगरी संचालमा रहेका बोडिङ स्कुल बन्द नगरको र मनोमानि तरीकाले शूल्क वृद्दी गरेकोले अभिभावक र विद्यार्थि मारमा परेको बताए । 

अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष कौलास गीरी अनुसार  जिल्ला शिक्षा कार्यालयले विगतको वर्षमा शिक्षामा भईरहेको विकृतिलाई हटाउने सम्झौता गरे पनि कार्यान्वयन नभएको बताए । शिक्षा अधिकारीलाई भेट्न जाँदा शिक्षा अधिकारी अमर प्रसाद भट्ट विदामा बसेको पाईयो तर हाजिर रजिष्टरमा अनुगमनमा रहेको पाईयो । शिक्षा अधिकारीले शिक्षामा भईरहेको विकृति र आफनो प्रबृति सुधार नगरेमा आफुहरुले शिक्षा अधिकारीहरुलाई जिल्लामा नरहन दिने र आन्दोलका कार्यक्रमहरु अगाडि बढाउने भन्दै चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै