2026-07-29 01:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

चीनसँग जोडिएको तिंकर नाका खोल्न पहल गर्छु: मुख्यमन्त्री भट्ट

वैशाख २६ दार्चुला | प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास गाउँपालिका–१ स्थित चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकारसमक्ष विशेष पहल गर्ने बताउनुभएको छ । 

प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ को समृद्धिको ठू्लो आधार तिंकर नाका भएको बताउनुभयो । उहाँले सो नाका सञ्चालनका लागि तत्काल संघीय सरकारसँग पहल गर्ने बताउनुभयो । 

भारत र चीनसँग जोडिएको उक्त नाका सञ्चालनमा ल्याउन सके प्रदेश नं ७ का सबै जिल्लाको आर्थिक वृद्धिदर बढ्ने बताउनुभयो । उहाँले भारत र चीनसँग जोडिएका प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, बैतडी, बझाङ र दार्चुलाका सबै नाका सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । 

मुख्यमन्त्री भट्टले स्थानीय तह सञ्चालनमा सहजता ल्याउनको लागि कानून निर्माण गरेको बताउनुभयो । दार्चुलाका नौवटै स्थानीय तहका जनप्रतिनिधिसँग समस्याका बारेमा जानकारी लिएको भन्दै उहाँले ती समस्यालाई मध्यनजर गर्दै कानून निर्माण गरिने बताउनुभयो । 

प्रदेश सरकारले तीव्रगतिमा काम गर्न खोजिरहेको भए पनि कानूनको अभावमा चाहेजति छिटो र छरितो रुपमा काम गर्न नसकेको उहाँको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै