2026-07-28 10:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रदेश ७ को मन्त्रिपरिषद् बैठकद्वारा दुई विधेयक स्वीकृति

जेठ १८, कैलाली | प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले दुई वटा विधेयकलाई प्रदेश सभा बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

बैठकले गाउँ सभा र नगर सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रदेश सभाको बैठकमा पेश गर्न स्वीकृति प्रदान गरेको हो । 

बैठकले प्रदेशीय वित्तीय हस्तान्तरण व्यवस्थापन विधेयक, २०७५ लाई तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले बताउनुभयो । 

यसैगरी, कृषि अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ लाई पनि मन्त्रिपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको छ । 

मन्त्री शाहले प्रदेश सरकारले आगामी असार १ गते प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने बजेटका सन्दर्भमा अर्थमन्त्रीले सरोकारवालाहरुसँग रायसुझाव संकलन गरिरहनुभएको बताउनुभयो । 

प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ २५ गते पेश गर्ने तयारी गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै