2026-09-14 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

राजपा पनि सरकारमा सहभागी हुने, महन्थ ठाकुरले गरे यस्तो खुलासा

जेठ २७, महेन्द्रनगर । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले राजपा पनि सरकारमा जान इच्छुक रहेको बताएका छन् । उनले सरकारमै जान पार्टी इच्छुक बनेको भन्दै यद्यपि आफ्नो पार्टीले सरकारमा जाने निर्णय भने गरी नसकेको बताए ।

राजनीतिक समितिको बैठक टारेर जनकपुर आउनुभएका संयोजक ठाकुरले विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भने, ‘हरेक पार्टीको ध्येय सरकारमा पुग्ने हो । र, पार्टी गठन पनि त्यही उद्देश्यका साथ भएको हुन्छ ।’ उनले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने अडान चाहिँ परिवर्तन नभएको बताए ।

संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भइसकेको अवस्थामा राजपाको भूमिकाबारे सञ्चारकर्मीहरूको जिज्ञासामा प्रधानमन्त्री ओलीले केही दिनअघि एक्लै तथा सामूहिक भेटघाटमा सरकारमा सहभागी हुन आग्रह गरेको जनाए ।

उनले आफूले संविधान संशोधनको ग्यारेन्टी नभएसम्म सरकारमा सहभागी हुन नसकिने जवाफ फर्काएको र त्यसपछि प्रधानमन्त्रीले आफूहरूसँग सरकारमा सहभागीताबारे कुनै छलफल नगरेको बताए ।

नेकपा नेतृत्वको सरकारमा सहभागी भएपछि मधेशमा संघीय समाजवादी फोरम नेपालको आलोचना भइरहेका बेला ठाकुरले आफूलाई त्यस विषयमा कुनै जानकारी नरहेको र यस्तो कुरा पहिलोपटक सुनेको प्रतिक्रिया दिए ।

फोरम नेपाल सरकारमा सहभागी भए पनि प्रदेश नं २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने ठाकुरले स्पष्ट पारे ।

ठाकुरले हिरासतमा रहेका आफ्ना पार्टीका सांसद रेशम चौधरीलाई प्रमाणपत्र दिई संसद्मा बस्ने वातावरण निर्माण गर्नसमेत सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ