2026-09-14 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

नेकपाका नेता ठगुन्ना काँग्रेसमा प्रवेश, कम्युनिष्टलाई कमाउनिष्ट भएको आरोप

लोकेन्द्र प्रशाद जोशी/जेठ ३०, दार्चुला । दार्चुलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता ललित सिंह ठगुन्ना ‘प्रविण’ नेपाली काग्रेसमा प्रवेश गरेका छन् । नेपाली काग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले ठगुन्नालाई मंगलबार एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराएका हुन् ।

लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा क्रियाशिल हुन नसकेका ठगुन्नालाई तत्तकालीन नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओबादी जनयुद्धकाल लगातार २० वर्ष कम्युनिष्ट आन्दोलनमा होमिएका नेता ठगुन्ना तत्कालीन नेकपा माओबादी केन्द्र दार्चुला जिल्ला सेक्रेटरी, जिल्ला इन्चार्ज, दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार रहदै पार्टीको पोलिट ब्युरो सम्मको जिम्मेवारी पाएका थिए । 

पछिल्लो समय नयाँ शक्ति पार्टी नेपालको जिल्ला संयोजक भएका थिए । नयाँ शक्ति पार्टीलाई जिल्लामा क्रियाशिल बनाउन नसकेपछि ठगुन्ना पुन: नेकपा माओवादी केन्द्रमै फर्किएका थिए । पार्टी भित्र प्रदेश तथा स्थानीय तह निर्वाचनमा काग्रेसलाई सघाएको भन्दै आरोप खेपेका ठगुन्नालाई माओवादी केन्द्रले कार्वाही गर्ने तयारी गरेपछि नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशपछि नेपालमा कम्युनिष्ट आन्दोलनको उपहास भएको र नाम मात्रको देखावटी भएको प्रतिक्रिया दिदै उहाले भन्नुभयो:- ‘नेपालमा अब कम्युनिष्ट रहेन केवल कमाउनिष्ट भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ