2026-09-14 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

देश बदल्न मन र मत बदल्नु आवश्यक: रबिन्द्र मिश्र

लोकेन्द्र प्रशाद जोशी/जेठ ३० दार्चुला । बिबेकसिल साझा पार्टीका संयोजक रबिन्द्र मिश्रले आफ्नै जीबनकालमै देश बदल्न जनताले मन र मत बदल्नुपर्ने बेला आएको धारणा राख्नुभएको छ । 

बिबेकसिल साझाको संगठन बिस्तार बर्ष २०७५ अन्तरगत दार्चुला सदरमुकाम खलंगामा आयोजित अन्तरक्रिर्या कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले यस्तो बिचार व्यक्त गर्नुभएको हो ।

कल्याणकारी लोकतन्त्रलाइ मार्गदर्शन गर्दै सुसंस्कृत राजनीति, समतामुलक संमृद्धि लक्ष्यकासाथ बिबेकसिल साझा पार्टीको गठन भएको मिश्रले बताउँनुभयो । असल पद्धति, पारदर्शीता, इमानदारीता, उत्कृष्टता, बिनम्रता जस्ता मूल्यमान्यताहरु अंगीकार गर्न सकेमात्रै असल देशको परिकल्पना गर्न सकिनेमा उहाँको जोड छ । जिम्मेवार नागरीक, उद्यमसिलता समाज, सेवक सरकार, कल्याणकारी राज्य र स्वाभिमानि देश निमार्ण गर्न भ्रष्टाचारको अन्त्य हुनुपर्ने मिश्रको भनाइ छ ।

बिश्वमा नेपालभन्दापनि प्रतिकुल अवस्थामा भएका देशले द्रुत गतिमा प्रगति गरेको स्मरण गराउँदै उहाँले स्रोत साधनले सम्पन्न नेपाललाइ छोटो समयमै बिकास गर्ने बिबेकसिल साझा पार्टीको उदेश्य रहेको जानकारी दिनुभयो । 

दशकौसम्म राजनीति गरेका दल र नेताहरुले स्थिर, सुसंस्कृत र बिकासमुखी राजनीतिको भरपर्दो संकेत नदेखाएको कारण अब बिकल्प खोज्नुपर्ने बेला आएको धारणा राख्नुभयो । मिश्रले पुराना पार्टीहरुको भ्रष्ट र अस्थिरको आरोप लगाउँदै बिकास गर्न नसकेकोप्रति आलोचना गर्नुभयो ।

देश बदल्न मन बदल्नुपर्ने र मन बदलिएमा मत बदलिने भएकोले समाज र राष्टको लागी सबै नेपालीले सोच्नुपर्ने बेला आएको धारणा राख्नुभयो ।

दार्चुलाको महाकाली नदी किनारमा बनिरहेको तटबन्ध नदीले काटेको ठाउँबाट निमार्ण गर्नु गलत भएको उहाँको धारणा छ । कालापानी लगायत देशका अन्तरराष्टिय सिमा बिबादबारे उच्चस्तरीय समिति गठन गरेरनै समाधान गर्न सकिने आफ्नो पार्टीको धारणा रहेको मिश्रले बताउँनुभयो ।

देश बनाउँन जनता जाग्नु आबश्यक: प्रदेश संयोजक हमाल

बिबेकसिल साझा पार्टीका प्रदेश नम्बर ७ संयोजक एबं समाजसेबि गोपाल हमालले देश बनाउँन जनताले बिकास निमार्णको बिषयमा जाग्नुपर्ने बेला आएको बताउँनुभएको छ । सारथी एफ.एमसंगको कुराकानीमा हमालले जनताले बिकासप्रति चासो नराखेकै कारण बिकास निमार्ण अहिले पछि परेको बताउँनुभयो । नेतालाइ बिकासबादी बनाउँन जनताले बिकासबादी बन्नु जरुरी रहेको उहाँको भनाइ छ ।

बिकास पहुचको आधारमा नभइ प्रार्थमिकता र सम्भाबनाको आधारमा हुनुपर्ने बताउँदै उहाँले समृद्धिको चेतना जगाउँदै स्वदेशमै भबिस्य खोज्ने अभियानमा युवाहरुले लाग्नुपर्ने आबश्यकता औल्याउँनुभयो । राजनीतिक परिवर्तनले ब्यबस्था बदलिएको धारणा राख्दै उहाँले अवस्था बदल्ने अभियानमा सबैले लाग्नुपर्नेमा उहाँको जोड छ ।

शुन्दर सुदुरपश्चिमका अभियान्ता समेत रहेका हमालले दार्चुला सहित सिगों प्रदेश नम्बर ७ को समृद्धिकालागी पुर्बाधार निमार्ण, धार्मीक, प्राकृतिक, पर्यटकिय क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । नेतालाइ जनताले सजिलै चुनाबमा गरेका बाचाहरु किन पुरा भएनन्, कुन काम कहिले सम्म गर्न सक्नुहुन्छ भनेर सोध्नसक्नुपर्ने भनाइ राख्नुभयो ।

राजनीतिक रुपमा जनता जागरीत भइसकेकोले आर्थीक बिकास, समृद्धि र उद्यमसिलताकोलागी प्रशिक्षित गर्नुपर्ने बेला आएको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ