2026-09-14 08:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

प्रदेश ७ मा बजेट माथि छलफल

असार ४, धनगढी | प्रदेश नं ७ को सरकारद्वारा आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याइएको राजश्व र व्ययको अनुमानित विवरण माथि प्रदेशसभा बैठकमा आज छलफल शुरु भएको छ । 

छलफलमा भाग लिदै राजपाका कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन नभएको गुनासो गर्दै बजेट कार्यकर्तामुखी र सत्तामुखी रहेको टिप्पणी गर्नुभयो । 

उहाँले कैलालीको पथरैया नदीमा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिन प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसँग आग्रह गर्ने क्रममा आफूलाई रेशम (रेशमलाल चौधरी)को पार्टीको मान्छे भनेर दुव्र्यवहार गरिएको अरोप पनि लगानुभयो । 

नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले निश्चित लक्ष्य प्राप्तिका लागि बजेट तथा नीति कार्यक्रम ल्याउने गरिए पनि यो बजेट लक्ष्यहीन र गन्तव्यहीनजस्तो देखिएको टिप्पणी गर्नुभयो । 

विभिन्न शीर्षक राखेर बजेटलाई आकर्षक बनाउन खोजिए पनि प्रदेशको समृद्धि र विकासका लागि ठोस योजना नल्याई अनावश्यकरुपमा प्रशासनिक खर्च र भैपरी आउने खर्चमा बढी बजेट छु्ट्याएको उहाँको आरोप थियो । 

सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले लक्षित उद्देश्य पूरा गर्न बजेट ल्याइएकाले कार्यान्वयन तहमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो । 

बैठकको प्रारम्भमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आव २०७५÷७६का लागि ल्याइएको बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

प्रदेशसभाको अर्को बैठक यही असार ७ गते बिहान ८ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ