2026-07-28 05:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

बिकासका लागी बजेटको सहि सदुपयोग आबश्यकः मन्त्री सोडारी

लोकेन्द्र प्रशाद जोशी । असार २६, दार्चुला । बिभिन्न योजना आयोजनाहरुमा प्राप्त बजेटको सहि सदुपयोग गर्न सके सिगों प्रदेश नम्बर ७ को बिकासले छिट्टै गति लिने प्रदेश सरकारका समाजिक बिकास मन्त्री दिर्घ सोडारीको भनाइ छ । अहिलेसम्म साना ठुला आयोजनाहरुमा पैसा हुने तर काम नहुने प्रबृति रहेको बताउँदै उहाँले ढिलासुस्तीको अन्त्य गरी बजेटको समयमै सहि कार्यान्वयन गर्न सके बिकासले गति लिने धारणा राख्नुभयो । प्रेस चौतारी र प्रेस सेन्टर नेपाल दार्चुला शाखाले दार्चुला जिल्ला सदरमुकाम खलंगामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सोडारीले निमार्णाधिन ठुला योजनाहरुमा बर्षेनी झन्डै ४० प्रतिषतको हाराहारीमा काम नभएर बजेट फिर्ता जाने गरेकोले आएको बजेट फिर्ता हुने परिपाटीको अन्त्य गरे बिकासले फड्को मार्ने धारणा राख्नुभएको हो । 

सिहदरवारको अधिकार गाउँगाउँसम्म पुर्याउँन पहिचान र सामथ्र्यका आधारमा बनेको नेपालको संबिधान कार्यान्वयनमा सबैको जोड हुनुपर्ने उहाँको भनाइ छ । प्रदेश सरकारले चालु आर्थीक बर्षमा ३ महिनाकोलागी अल्पकालिन बजेट ल्याएपनि प्रभाबकारी कार्यान्वयन हुन नसकेको स्वीकार गर्नुभएको छ । फ्रीज नहुनेगरी अद्ययन अनुसन्धानको क्षेत्रमा बढी बजेट बिनियोजन गरीएकोले समेत निमार्णको क्षेत्रमा प्रगति नदेखीएको उहाँको भनाइ छ । यस्तै अगामी आर्थीक बर्षकालागी झन्डै २५ अर्ब ७ करोड बजेट पारीत भइसकेको भन्दै प्रदेश गौरबका आयोजनाहरु सहित आबश्यकताका आधारमा योजनाहरु प्रभाबकारी ढंगले सञ्चालन हुने बताउँनुभयो ।

जिल्लास्थित केहि कार्यालय प्रदेश सरकारको मातहत आइसकेको र केहि आउँने क्रममा रहेकोले बिषयगत कार्यालयहरुमा देखीएको अन्यौलता साउँन पहिलो हप्ताभित्रै टुगिंने उहाँको भनाइ छ । अहिलेसम्म समाजिक बिकास मन्त्रालय अन्तरगत रहनेगरी २५ ओटा कार्यालयहरु, भौतिक पुर्बाधार मन्त्रालय अन्तरगत १९ ओटा, कृषि तथा भुमि सुधार मन्त्रालय अन्तरगत १८ ओटा र बन वातावरण उद्योग मन्त्रालय अन्तरगत रहनेगरी १५ ओटा कार्यालयहरुको टुगों लागिसकेको उहाँले जानकारी दिनुभयो ।

संघिय सरकारले अघि  सारेको सुखी नेपाली समृद्ध नेपाल कार्यक्रमको लक्ष्य हासील गर्न प्राप्त बजेटको सहि सदुपयोग गर्दै उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग आबश्यक रहेकोमा प्रदेश सरकारको जोड रहेको मन्त्री सोडारीको भनाइ छ । प्रदेश नम्बर ७ ले दार्चुला र बाजुरा जिल्लालाइ बजेट कार्यक्रममा समेत प्रार्थमिकतामा राखेको बताउँदै उहाँले यहाँको प्राकृतिक स्रोतसाधन जडिबुटी, खानीहरु, पानीका स्रोतहरुको समुचित प्रयोग गर्न सके जिल्लाको समृद्धि सम्भब रहेको बताउँनुभयो ।

नेपालको राजनीतिलाइ उल्टो बाटोमा लैजाने केहि प्रयत्नहरु भइरहेको भन्दै यस्ता प्रबृत्तिको अल्झनमा सरकार नलाग्ने उहाँको भनाइ छ । नेकपाको सरकारले सबैभन्दा राम्रो लोकतान्त्रीक मूल्यमान्यताको अनुसरण गर्दै अगाडी बढ्ने भन्दै बिकास र समृद्ध नेपाल निमार्ण गर्न स्थाइ सरकारको रुपमा रहेका कर्मचारीहरु र सबै पक्षको साथ सहयोग र हौसला आबश्यक रहेको मन्त्री सोडारीको भनाइ छ ।

कार्यक्रममा पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले अपिनाम्पा संरक्षण क्षेत्रमा देखीएको अन्यौलता र जनताले भोग्नुपरेका समस्या, दार्चुला तिकंर सडक निमार्णमा भइरहेको सुस्तता, पहुचमा आधारीत योजनाहरुको निमार्ण लगायत बिषयमा प्रश्न एबं जिज्ञासाहरु राख्नुभएको थियो । यस्तै अन्य सञ्चारकर्मीहरुले अबैध चोरीसिकारी नियन्त्रण, उत्तरी सिमा क्षेत्रमा सुरक्षा उपस्थिति, स्वास्थ्य र बिद्युत क्षेत्रको समस्याबारे जिज्ञासा राखेका थिए । पत्रकारहरुको प्रश्नहरुको जवाफमा मन्त्री सोडारीले अस्पताल स्तरोन्नती लगायत प्रदेश सरकार अन्तरगतका समस्याहरु सम्बोधन गर्ने प्रतिबद्धतासहित केन्द्रीय अधिकार क्षेत्रका बिषयहरुसमेत समाधानकालागी समन्वय एबं पहल गर्ने जवाफ दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा सुनचाँदीको मूल्य घट्यो सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो