2026-07-06 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

सामाजिक सञ्जालमार्फत धम्की दिने काग्रेस नेता खत्रीलाई कार्वाही गर्न महासंघको माग

असार २९, दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुलाले पत्रकार र पत्रकारीता पेशाप्रति समाजिक सञ्जालमार्फत लगाइएको निराधार आरोपप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ । नेपाली पत्रकारहरुको  साझा र छाता संगठन नेपाल महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीलाइ नेपाली काग्रेश दार्चुलाका महाधिबेशन प्रतिनिधि उमेशसिह खत्रीले फेसबुक, म्यासेन्जर र मोबाइल फोनमार्फत लगाएको गम्भीर आरोपप्रति नेपाल पत्रकार महासंघ दार्चुलाले एक प्रेस बिज्ञप्ति मार्फत ध्यानआकर्षण भएको जनाएको हो ।


बुधबार र बिहिबारको दिन महासंघ जिल्ला अध्यक्ष धामीमाथी खत्रीले समाजिक सञ्जाल र फोनमार्फत भ्रष्ट पत्रकारीता गरेको, कार्यालय प्रमुखहरुलाइ थर्काएर सम्पत्ति आर्जन गरेको, पत्रकार सहकर्मीकै भनार र जीबनशैलीमा आएको परिवर्तनले सम्पत्ति कमाएको पुष्टी भएको, धार्मिक आवरणमा शोषण गरेको जस्ता संगिन आरोप लगाएका छन । साथै खत्रीले आफु बाधको डमरु भएको स्वघोषणा गर्दै फेसबुकमार्फत धाक धम्की दिएका छन । एउटा जिम्मेवार र प्रमुख राजनीतिक पार्टीको महत्तपुर्ण पदमा रहेको ब्याक्तीबाट भएको यस्तो हर्कतले सिगों पत्रकारीता जगतलाइ दुखी र आक्रोसित बनाएको बिहिबार जारी प्रेस बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

छुट्टै बिषय र प्रसंगको फेसबुक स्टाटसमा तपाईहरुको भ्रष्ट पत्रकारीता भनेर गम्भीर बिबाद र बहसको थालनि खत्रीले गरेको पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्र सिह धामी, सचिब कृष्ण सिह धामी र कोषाध्यक्ष भोजराज जोशीद्धारा हस्ताक्षरीत बिज्ञप्तिमा उल्लेख गरीएको छ ।

पत्रकार महासंघ दार्चुला शाखाले घट्नामाथि नेपाली काग्रेस दार्चुलाले तत्काल आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उल्लेख गरेको छ । महासंघले यस्ता गैरजिम्मेवार व्यक्तिमाथि छानविन गरी पार्टी अनुशासनको कारवाही गर्न माग गरेको छ । साथै महासंघले कानुनी कार्वाहीगर्न नेपाल सरकार र स्थानीय प्रशासनसंग जोडदार माग गरेको छ । राजनीतिक आड र दम्बका आधारमा गरिने यस्ता गलत हर्कतहरुको बिरुद्धमा ऐक्यबद्धता जनाउँन सबैमा महासंघले आह्वान समेत गरेको छ ।

यसैबिच कानुन बिपरीत समाजिक सञ्जालमार्फत पत्रकार महासंघ अध्यक्ष र पत्रकारीता पेसाप्रति लगाइएको आक्षेपबारे छलफल गर्न पत्रकार महासंघ दार्चुला साखाको बैठक बसेको छ । पत्रकार महासंघ दार्चुलाका उपाध्यक्ष राजेन्द्र सिह धामीको अध्यक्षतामा बिहिबार बसेको बैठकले खत्रीलाइ कुनै गल्ती गरेको तथ्य प्रमाण भए कानुनी उपचारको बाटो खोज्न सुझाब समेत दिएको छ । ब्याक्तिगत गुनासा, सुझाब वा प्रतिक्रिर्या भए सभ्य र ब्यबस्थीत रुपमा प्रस्तुत गर्नुपर्ने महासंघ बैठकको निस्कर्ष छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने