2026-07-06 08:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पूर्व सांसद अर्जुन जोशी जलजला पहिरो पीडितको घरमा पुग्दा बर्तमान सांसद पदम गिरी कतै देखिएनन्

2018-07-19

पर्वत । जलजला गाउँपालिकामा आएको पहिरोका कारण क्षती भएको क्षेत्रमा पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी सो स्थानमा पुगेका छन् । अविरल बर्षासँगै आएको पहिरोका कारण जलजला गाउँपालिकामा ठूलो जनधनको क्षती भएको छ ।

जलजला गाउँपालिका वडा नम्बर ८ लस्तीमा बाढी पहिरोले क्षति पु¥याएका परिवारलाई भेटेर सान्त्वना दिदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले सरकारसँग तत्तकाल राहतको व्यवस्था गर्नको लागि समेत माग गरेका छन् । उक्त घटनाको बारेमा जानकारी पाउँदा साथ सो स्थानमा पुगेका जोशीले जोशीले विपत् कहाँ, कतिबेला आउछ भन्ने थाहा नहुने भएकोले धैर्य, संयम र सचेत भएर सामना गर्नुपर्ने बताएका थिए । उनले मृत्यु भएका विकास परियारको बाबु बमबहादुर र आमा रुपालाई भेटेर छोरा गुमाएकोमा समवेदन दिदै सागर परियारप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरे ।


काँग्रेस नेता जोशीले बाढी पहिरोबाट क्षति भएका परिवारलाई उद्दार र सहयोगका लागि आफुले सरोकारवाला निकायमा पहल गर्ने बताउदै तत्काल पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग पनि गरे ।

तर सांसद पदम गिरीभने अझै पनि कुनै पनि क्षेत्रमा देखिएका छैनन् । गाउँपालिकानै सोक र दुखद घडीबाट गुज्रिएको अबस्थामा पनि बर्तमान सांसद पदम गिरी घटनास्थलमा नभेटिएपछि सामाजिक संजालमा उनको चर्को आलोचना शुरु भएको छ । सामाजिक संजाल एक प्रयोग कर्ताले सांसद पदम गिरीमाथि गम्भीर आरोप समेत लगाएका छन् ।

अर्जुन जोशीलाई १८ बर्ष काम गरेन भनेर भोट भागेर जित्ने तर अहिले विपदमा जनताको घरमा मलम लगाउन नआउने भनी प्रश्न समेत गरेका छन् । ती प्रयोगकर्ताले पदम गिरीलाइ काठमाडौका तारे होटलमा चुस्कीको मस्तीमा रहेको हुनसक्ने आरोप लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने