“नेपालको सीमाना खुल्ला मात्र छैन कि यो देश बिना भित्ताको घर जताबाट आए पनि हुने । अझ धर्म निरपेक्ष गणतन्त्र भए पछि त आलो घाउमा झिंगाले झम्टने गरे झैं विदेशी धर्मप्रचारकहरु, विभिन्न थरीका घुमन्ते स्वार्थी तत्वहरु मनपरी प्रवेश गरेका छन्, को आयो, "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... “नेपालको सीमाना खुल्ला मात्र छैन कि यो देश बिना भित्ताको घर जताबाट आए पनि हुने । अझ धर्म निरपेक्ष गणतन्त्र भए पछि त आलो घाउमा झिंगाले झम्टने गरे झैं विदेशी धर्मप्रचारकहरु, विभिन्न थरीका घुमन्ते स्वार्थी तत्वहरु मनपरी प्रवेश गरेका छन्, को आयो, "/>
२०८३, ९ बैशाख बुधबार
बर्दिया - BRD

ज्वाईकालागि नागरिकता कानून : अयोध्याप्रसाद श्रीवास्तव

२०७५, १ भाद्र शुक्रबार १३:२१

“नेपालको सीमाना खुल्ला मात्र छैन कि यो देश बिना भित्ताको घर जताबाट आए पनि हुने । अझ धर्म निरपेक्ष गणतन्त्र भए पछि त आलो घाउमा झिंगाले झम्टने गरे झैं विदेशी धर्मप्रचारकहरु, विभिन्न थरीका घुमन्ते स्वार्थी तत्वहरु मनपरी प्रवेश गरेका छन्, को आयो, किन आयो, कुनै जानकारी राखने आवश्यकता ठानिदैन भने यो देशमा आउने र बस्ने गरेका झोले व्यापारी देखि ठुला बडाहरुले नेपाली नागरिकता पाउने उद्धेश्य लिएर, लोभलालच दिएर, अभिभावकको पाउ मलेर के कसरी हुन्छ ?”

                                                                              

 हालै संसदमा पेश भएको नागरिकता सम्बन्धी विधेयक निकै चर्चामा रहेको छ ।  महिला अधिकारवादी, मानव अधिकारवादी र समानतावादी भ आफनो परिचय दिनेहरुले– १, विदेशी संग विवाह भएका महिलाहरुको नेपाली नागरिकता कायम रहनुु पर्ने । २, बाबू विदेशी भएपनि आमाको नेपाली नागरिकताको आधारमा सन्तानलाई नपाली नागरिकता दिनु पर्र्ने र ३, नेपाली महिला संग विवाह गरेका विदेशी ज्वाईलाई पनि नेपाली नागरिकता दिनु पर्ने । भन्ने मांग र यसमा छलफल चलीरहेको छ । 

  जहां सम्म बुंदा नं १ को कुरा छ, नेपाल भारत दुवै देशको धार्मिक तथा सांस्कृतिक एकता र  प्राचीनकाल देखिको घनिष्ठ मैत्री सम्बन्ध तथा रोटी बेटीको सम्बन्ध समेतले गर्दा खुल्ला सीमाना रहीआएको छ । वैवाहिक सम्बन्धले दुवै देशका नागरिकहरुमा पारस्परिक सद्भावको बृद्धि समेत हुने गरेको छ । दुवै देशका कतिपय निवासीले – प्रायः तराईवासीले आफना व्यक्तिगत परिस्थिति र समस्याले गर्दा बाध्यतावश पनि छिमेकी देशमा समाधान खोज्छन् र विवाह गर्दछन् । तर जे होस, नेपाली केटीको विवाह भारतमा भएको र वैधव्य अथवा अन्य कुनै कारणवश आफनो घरदेशमा बस्न नसकने अवस्थामा नेपाल फर्कदा तिनलाई माइती देश नेपालले शरण दिनै पर्दछ , यो तिनको वंशानुगत अधिकार पनि हो । यस्ता महिलालाई र विदेशी संग नेपाल मै बिहे गरी नेपाल मै घरजम गरेर बसेकी नेपाली वंशजकी महिलालाई पंचायतकाल देखि हाल सम्मको सबै शासनमा नेपाली मानिएको छ , तिनको नागरिकता खोसिएको वा तिनलाई नागरिकता उपलव्ध गराउन बन्देज लगाएको थाह पाइएको छैन । तर यो व्यवस्था परिपत्रमा भएकोले आमनागरिक, नेता र कतिपय कर्मचारी हाकिम समेतलाई यसको जानकारी नभएकोले थुप्रै महिलाले दुख पाएका छन् । तसर्थ यसलाई कानूनी रुप दिन आवश्यक छ । 

बुंदा नं २ र ३ यद्धपि एक अर्का संग घनिष्ट छन् तर पहिले २ न. लाई हेरौं । नेपाल बाहिर कुनै पनि देशमा विवाह भएका नेपाली महिलाले विदेशी पति घर छोडेर नेपाल फर्कनुपर्दा (क) विदेशी पतिबाट जन्मेको र विदेशी पिताको धन सम्पत्तिमा हक अधिकार रहेको बालिग सन्तान, निजकी पत्नी र सन्तान समेत भैसकेका छन् भने तिनीहरु पनि आमा संग नेपाल आउछन् भने तिनको नागरिकता को प्रश्न । –ख) नेपाली महिला संग आउने दूधे बालक र नाबालकको नागरिकताको प्रश्न ।–ग) महिलाको पेटमा आउने र नेपालमा जन्मने बच्चाको नागरिकताको प्रश्न ,। (घ) नेपालमा रहेबसेका विदेशीले नेपाली केटी विवाह गरी नेपाल मै स्थायी बसोबास गरेको अवस्थामा जन्मेको सन्तानलाई आमाको आधारमा नागरिकता दिने विषय । यी सबै संतानलाई आमा मात्रको आधारमा नागरिकता दिनु पर्ने मांग उठी रहेको छ । 

    बुंदा नं ३ अति गंभीर प्रकृतिको छ । नेपालको सीमाना खुल्ला मात्र छैन कि यो देश बिना भित्ताको घर जताबाट आए पनि हुने । अझ धर्म निरपेक्ष गणतन्त्र भए पछि त आलो घाउमा झिंगाले झम्टने गरे झैं विदेशी धर्मप्रचारकहरु, विभिन्न थरीका घुमन्ते स्वार्थी तत्वहरु मनपरी प्रवेश गरेका छन्, को आयो, किन आयो, कुनै जानकारी राखने आवश्यकता ठानिदैन भने यो देशमा आउने र बस्ने गरेका झोले व्यापारी देखि ठुला बडाहरुले नेपाली नागरिकता पाउने उद्धेश्य लिएर, लोभलालच दिएर, अभिभावकको पाउ मलेर के कसरी हुन्छ ? नागरिकता प्रमाणपत्र भएको वा हुने अवस्थाका केटीहरुको नागरिकता बनाउन लगाएर त्यस संग विवाह गरेका छन्, यस्ता घरज्वाइ र तिनका सन्तानहरुको संख्या अथाह छ । तिनलाई नागरिकता दिनुपर्ने मांग उठेको छ । 

     अर्काे कुरा, भारतका कट्टरपंथी मुश्लिमहरुबाट पठाएको नेपालमा अघोषित “लव जिहाद”–( प्रेम आन्दोलन, मुश्लिम पुरुषले हिन्दु महिलालाई स्वास्नी बनाएर पुण्य कमाउनु र इस्लामको सेवा गर्नु) को खुट्टा टेकाई सजिलो बन्दै गएको देखिन्छ । यसको अतिरिक्त अन्य जाति धर्मका पुरुषहरुले पनि नेपाली नागरिक महिलालाई लोभ लालच जाल परिपन्चमा पारी स्वास्नी बनाए पछि उसको नागरिकताले जग्गा किन बेच, व्यापार व्यवसायको इजाजतपत्र लिन पाएकै छन् । यसबाट नेपालीको हक अधिकार र जीवनका श्रोत साधनमा कटौती भएको, देशको आमदानी गुमेको छ । तर अहिले, नेपाली पुरुषले विदेशी पत्नीलाई नेपाली नागरिकता दिलाउंछ भने नेपाली महिलाले पनि आफनो विदेशी पतिलाई समानताको सिद्धान्तको आधारमा नागरिकता दिन मांग उठी रहेको छ । 

     याद रहोस , नागरिकता भावनात्मक विषय होइन । यसमा समानताका सबै सिद्धान्त लागु नहुुन पनि सक्छन् । सिद्धान्त ठुलो कुरा होइन । राष्ट्रिय अखण्डता, सार्वभौमिकता, संस्कृति, अस्मिता र सुरक्षा ठुलो कुरा हो । तसर्थ जहां पनि राष्ट्र्यि हित, मर्यादा र राष्ट्रिय आवश्यकताका आधारमा कानून बनाइन्छ र सुविधाको वितरण गरिन्छ । राज्य सतर्क र दूरदर्शी हुन सकेन भने धेरै चीज गुमाउन पर्ने र कलह, अशान्ति र असुरक्षालाई निम्तो दिएको ठहर्न सक्दछ ।

     चर्चामा नआएका नागकिताका अन्य समस्या पनि छन् ।

१, वैवाहिक अंगीकृत पाउने महिला संग भारतीय माइतीको राशनकार्ड मागिन्छ । यो अज्ञानता हो । किनकि भारतको सबै राज्यमा राशनकार्ड सबै संग नहुन सक्छ साथै नेपाल मै रहे बसेका गैरनागरिक माइती को राशनकार्ड त हुदैन । अनि नेपाली नागरिककी पत्नीले के गर्ने ? पहिले देखि भैराखेको हुलाकद्वारा विदेशी नागरिकता परित्यागको सूचना पठाउने व्यवस्था नै राम्रो देखिन्छ । 

२, जन्मका आधारमा नागरिकता पाएकाहरुको एउटै आमा बाबु बाट जन्मेका दाजुभाई दीदी बहिनी कोही नागरिक र कोई अनागरिक छन् । यो समस्याको समाधान हुनु पर्दछ ।

३, वंशज नागरिकता माग्नेले बाबुको साथमा आमाको पनि नागरिकता पेश गर्नु पर्ने भन्ने छ । आमा विदेशी भएमा र नेपाली नागरिकता नलिएमा, आफनै देशमा बस्न चाहेमा, वा स्वदेशी विदेशी जुनसुकै आमाले नागरिकता नलिदै  मृत्य भएमा बाबुको वंशजको सन्तानले नागरिकता कसरी पाउने ?  

४,नागरिकताको समस्याहरुको निष्पक्ष गहन अध्ययन गरेर एकै पटक समाधान हुने कानून बनाएर संविधान मै यो विषय बंद गर्नु पर्दछ । यसलाई संधै राजनीतिक मांगी खाने भांडो बनाई राखन हुदैन ।

( लेखक पूर्व प्रशासकीय अधिकृत, प्राध्यापक र अधिवक्ता हुन् )      


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ