2026-07-27 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के भन्छन त प्रचण्डका ज्वाँई नेकपा गुल्मीका हुनेवाला सचिव ?

प्रेम सुनार । भदौं–२, गुल्मी । नेकपा प्रदेश ५ को कार्य दलले गुल्मीमा पुर्व एमालेबाट वालसिंह काउछा र पुर्व माओवादीबाट बुद्धि जिसीलाई सचिवमा सिफारिस गरे पछि जिल्लामा सवै भन्दा बढि चर्चाको बिषय बनेको छ । ति दुबै नेताहरुको समर्थन र बधाई  सामाजिक सञ्जालमा निकै आई रहेको छ । सामाजिक सञ्जालमा ति दुवै नेताहरु प्रति बिरोधका शव्दहरु देखिएका छैनन । ति दुई मध्ये सचिवमा सिफारिस जिसी संग हामीले कुराकानी गरेका थियौं ।

तपाई प्रचण्डका ज्वाँई भएकै कारण सचिवमा सिफारिस भएको भन्ने आरोप पनि लागेको छ नि ? भन्ने प्रश्नमा उनले भने–‘ श्रीमति शारदा पाठक संग मेरो विवाह २०५९ सालमा न भा’को हो, जवकी म माओवादी आन्दोलनमा २०४८ साल देखि छु । प्रचण्ड ज्यु आफ्नो ठाउँबाट संघर्षमा हुनु हुन्छ भने म मेरो ठाउँ सघर्षमा छु ।

२०४८ सालमा विद्यार्थी संठनबाट म गुल्मीबाटै माओवादी आन्दोलनमा लागेको हुँ । जति बेला मैले प्रचण्डको नाम मात्रै सुनेको थिएँ, उहालाई देखेको थिईन । २०४९ देखि २०५३ साल सम्म म गुल्मीको अखिल क्रान्तिकारीको दुई कार्यकाल सचिवको जिम्मेवारी सम्हालेको जग जाहेरै छ । २०५४ सालमा तत्कालिन माओवादीले गुल्मी, अर्घाखाँची र बाग्लुङ्गमा अगाडी सारेको अगुवा अभियानका क्रमममा गुल्मी जिल्ला प्रहरीको २९ दिन सम्म हिरासदमा बसेको थिएँ ।

मलाई गुल्मीको बाँझकटेरीबाट पक्राउ गरिएको थियो । मेरो दाई विनोद कुमार भारतको जलान्धरमा ब्यवसाय गर्ने भएकोले मेरो त्यहाँ आवत जावत हुनु स्वभाविक नै थियो । त्यस कारणले पनि मलाई पछि प्रवास संगठन हेर्न खटाईएको हो । प्रचण्ड ज्यु संग मेरो पहिलो भेट २०५४ सालमा जलान्दरमा भएको हो । उहाँ लगायतका नेताहरुलाई सेल्टरको ब्यबस्थापन हाम्रो परिवारले  गर्ने गर्दथ्यो ।

उति बेला मैले उहाँहरुलाई देख्दा एकदम सर्वसाधरण जस्तै लाग्थ्यो । पार्टीमा उहाँ आफ्नो जिम्मेवारीमा हुनु हुन्थ्यो भने म मेरो जिम्मेवारी वाईसियश प्रवास शाखाको प्रवक्ता थिएँ । त्यति बेला हाम्रो ईञ्चार्ज जगत प्रसाद शर्मा ( अपार ) हुनुहुन्थ्यो । म पार्टी कमिटी प्रवास शाखाको १ र ३ नम्वर जिल्लाको सेक्रेटरी थिएँ ।

त्यसका अलवा अखिल  भारत नेपाली एकता समाज राज्य समितिको सचिव पनि थिएँ । पछि तत्कालिन राजा ज्ञानेन्द्रको पालमा अटल विहारी भाजपेयी सरकारले हाम्रो संगठनलाई  प्रतिबन्ध गर्यो । हामीहरुलाई भागाभाग पार्यो । पछि हामीले नेपाली जनअधिकार भारत सुरक्षा समिति गठन ग¥यौं । जसमा म राज्य समिति सचिव  थिएँ । शान्ति प्रकृया पछि त्यही जिम्मेवारीमा मलाई गृह जिल्ला पठाईएको हो । प्रचण्ड ज्यु संग नातागोताले म राजनीतिमा लागेको होईन , राजनीत गर्दै अगाडी बढ्ने क्रममा हामी नाता गोतामा बाधिएका हौ ।

गुल्मी आए पछि म तत्कालिन मगराँत राज्य समिति सचिवालय  सदस्यको जिम्मेवारी सम्हाँले । विद्याथी संगठन, वाईसियल र कर्मचारी संगठन निर्माण र परिचालनमा मेरो भुमिका कस्तो रह्यो मैले भनिरहनु नपर्ला साथीहरुले भन्ने कुरा हो ।

पछिल्लो चरण पार्टीले केन्द्रि सदस्यको जिम्मा दियो । २०७० सालको निर्वाचनमा म गुल्मीमा दुई वटै निर्वाचन क्षेत्र मध्ये जुनबाट पनि प्रतिनिधी सभा सदस्यको टिकट पाएको थिएँ । तर पुर्व एमालेको भागमा दुवै नेताद्धय प्रदिपकुमार ज्ञवाली ज्यु र गोकर्ण बिष्ट ज्युको भागमा परे पछि म उहाँहरुको चुनावी कमाण्डरका रुपमा खटें ।

म पार्टी काममा मात्र बिश्वाँस गर्छु । नाता गोता त पारिवारिक जमघटमा मात्रै हुन्छ । टिभि पाठक र मेरो बुवा देखि सारा हाम्रा आफन्तहरु सुरु देखि नै माओवादी आन्दोलनमा छौं । प्रवासमा तत्कालिन माओवादीलाई सेल्टर दिने हामीहरु नै बढि मात्रमा थियौं । उहाँहरुलाई जोगाउन त्यति बेलाको अवस्थामा निकै कठिन थियो ।

पार्टीमा  खटेको आधारमा अरु साथीहरु झै म पनि दावेदार हुँ ।  म भन्दिँन मेरो मात्रै योगदान र दावी रहनु पर्छ भनेर । म जस्ता अरु साथीहरु पनि पक्कै हुनुहुन्छ । तर पार्टीमा अवसरको हिसावले हेर्ने हो भने म  पछाडी पर्दै आएको कार्यकर्ता हुँ । जसलाई अहिले कार्यदलले न्याय गरेको महशुस गरेको छु ।

२०३५ साल मंसिर १ गते गुल्मीको साविक भनभने गाविस , हालको मदाने गाउँपालिका–७, भईकमार स्थित े सामन्य परिवारका पिता  तिलकबहादुर जिसी र माता किमकला जिसीको कोखबाट जन्मिएका जिसी जिल्लाका शालिन, सवै संग समन्व्य र सहकार्य गरेर अगाडी बढ्ने मिलनसार नेताका रुपमा चिनिन्छन ।

जिल्लाको विकास निर्माणमा राजनैतिक नजरले नहेर्ने, साझा अवधारण बनाउने कुरामा पुर्व माओवादीबाट राम्रो नेताका रुपमा चिनिएका उनि दजाकोटको आगोलागी देखि हरेक प्रकारका विपदमा खटिएका नेता हुन । दजाकोटमा आगो लागी हुँदा तत्कालिन गृह मन्त्री शक्तिबहादुर बस्नेतलाई अवलोकनमा ल्याउनमा उनैले पहल गरेर खानेपानी योजना पार्ने देखि केहि राहतका  कार्यक्रम पारेका थिए ।

अव पार्टीलाई कसरी अगाडी बढाउनु हुन्छ त भन्ने प्रश्नमा उनले भने अध्यक्षमा सिफारिस वालसिंह दाई संग हाम्रो पहिल्लै देखि नै समाज रुपान्तरण गर्ने कुरामा सहकार्य रहँदै आएको छ । उहाँ र मेरो सम्वाद भई रहेको छ । हामी जनताको सेवा र समृद्धिमा खट्ने कुरामा दुई जना मात्रै होईनौ अरु नेता गणको साथ लिएर अगाडी बढ्ने छौं ।

हामीलाई सवै भन्दा गौरव र खुशीको कुरा यहि छ कि देशका खम्वा नेता प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट र सुदर्शन बराल लगायतका अभिभावहरु हुनुहुन्छ । त्यसले गर्दा जनताका अपेक्षाहरु हामी पुरा गर्न सक्छौं भन्नेमा हामी ढुक्क छौं । उहाँहरुको नीति निर्देशन अनुरुप हामी चल्ने छौं ।

मलाई आशा छ पुर्व एमालेका साथीहरुले मलाई त्यति कै साथ दिनु हुने छ र वालसिंह दाईलाई पुर्व माओवादीका साथीहरुले पनि त्यति कै साथ दिनु हुने छ । भावनात्मक सम्वन्ध हाम्रो हिजो पनि थियो अब त झन पार्टी एक भई सके पछि हामी एउटै परिवारका सदस्य भएर अगाडी बढ्ने छौं । जिसी  पुर्व माओवादी  जिल्ला पार्टीको सह सचिव हुँदै सह संयोजक थिए ।

पुर्व माओवादी जिल्ला कमिटीको आधिकारिक धारण भने बाहिर आएको छैन । संयोजक बिरबहादुर कार्की र अर्का सह सयोजक युवराज केसी लगायतका केहि अग्रज नेताहरु पनि एकिकृत पार्टीको प्रमुख पदको दावेदार हुन । संयोजक कार्की संग सम्पर्क हुन सकेन । सचिव केसी संग सम्पर्क राख्दा विधी र प्रकृया प्रति केहि असन्तुष्टी रहे पनि  पात्र प्रति आफुहरुको असन्तुष्टि नरहेको प्रतिकृया दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली