2026-09-15 03:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका स्थानीय तहमा पूर्व एमाले-माओवादीको हैसियत बराबर

पर्वत/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतले जिल्लाका सात वटै पालिकामा पार्टीका संयन्त्र गठन गरेको छ ।
नेकपा पर्वतको बिहीबार बसेको जिल्ला संयन्त्र बैठकले सबै पालिकामा संयन्त्र गठन गरेको हो ।

नेकपा गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा संयन्त्र चयन गरेको नेकपा पर्वतले जनाएको छ । संयन्त्रमा साविक एमाले र साबिक माओबादी केन्द्रका नगरपालिका र गाउँपालिका कमिटीका इन्र्चाज तथा पदाधिकारीहरुलाई सदस्यको रुपमा राखिएको छ । संयोजक भने बरिष्ठ सदस्य मध्येबाट चयन गर्ने वा आलोपालो समेत गर्न सकिने ब्यबस्था गरिएको नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले जानकारी दिए ।

‘सर्बसम्मत रुपमा नगर र गाउँपालिकामा सयन्त्रका सदस्य चयन गरेका छौ’ उनले भने ‘संयन्त्रका सदस्यहरु मध्ये बरिष्ठ सदस्य संयोजक बन्ने र आलोपालो समेत गर्न सकिने निर्देशन दिएका छौ’

कुस्मा नगरपालिकामा नेकपाले गठन गरेको संयन्त्रमा साविक एमालेबाट याम गुरुङ्ग, बिष्णु नेवार, शान्त पौडेल र मिनप्रसाद श्रेष्ठ रहेका छन भने साविक माओबादी केन्द्रबाट शंकर गिरी, मिनराज केसी, राम अधिकारी र सिता परियार रहेका छन । फलेबास नगरपालिकाको संयन्त्रमा साविक एमालेबाट मञ्जु अधिकारी, पिताम्बर घिमिरे, बैकुण्ठ भुसाल र टिकाराम गौडेल रहेका छन भने साविक माओबादी केन्द्रबाट प्रेमबहादुर राना, शोभा क्षेत्री, कमल भुसाल र मेघलाल बिक रहेका छन ।

जलजला गाउँपालिकामा साविक एमालेबाट लालबहादुर अधिकारी, तुंगनाथ शर्मा, लोकनाथ रेग्मी संयन्त्र सदस्य रहेका छन भने साविक माओबादी केन्द्रबाट संयन्त्र सदस्यमा बाबुराम कार्की, दिपक आचार्य र दुर्गाबहादुर दर्जी रहेका छन । मोदी गाउँपालिकामा साविक एमालेबाट दाताराम चापागाई, सेती महत, दलबहादुर मल्ल तथा साविक माओबादी केन्द्रबाट मनबहादुर पौडेल, कृष्णबहादुर सुबेदी र गंगा तिमिल्सीना सदस्य रहेका छन ।

महासिला गाउँपालिकामा साविक एमालेबाट बिष्णुराम बिक, जीवन उचै ठकुरी र भक्तराज सुबेदी सदस्य छन भने साविक माओबादी केन्द्रबाट दुर्गाबहादुर तमु, पदमबहादुर क्षेत्री र क्षेत्रबहादुर क्षेत्री संयन्त्रमा सदस्य रहेका छन । पैंयु गाउँपालिका संयन्त्रमा साविक एमालेबाट उमाकान्त सुबेदी, रेशमलाल न्यौपाने र चोकलाल न्यौपाने सदस्य छन भने साविक माओबादी केन्द्रबाट जयनारायण तिवारी, पुण्यप्रसाद आचार्य र रेशमलाल सापकोटा सदस्य छन ।

बिहादी गाउँपालिाकामा गठित संयन्त्रमा साविक एमालेबाट लालबहादुर गुरुङ्ग, कमल भुसाल र शेरबहादुर थापा सदस्य छन भने साविक माओबादी केन्द्रबाट हरिप्रसाद पौडेल, ऋषिराम भुसाल, टेकबहादुर बस्याल र श सदस्य छन । अर्को ब्यबस्था नभए सम्म संयन्त्रका सदस्यले एकिकृत पार्टीको गतिबिधी सञ्चालन गर्ने भएका छन ।

नेकपाले तल्लो तहमा कमिटी एकिकरण गर्ने उद्देश्य सहित सबै नगर तथा गाउँपालिका संयन्त्रको बैठक बसी ६१ वटै वडामा संयन्त्र बनाउने निर्णय गरेको छ । पालिकाका संयन्त्र बैठकहरु शुक्रबार देखि शुरु भएर सोमबार सम्म सम्पन्न गरि सक्ने निर्णय भएको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य गुप्त हमालले जानकारी दिए । वडा संयन्त्र गठन गर्दा वडा इन्र्चाज, अध्यक्ष सहित पदाधिकारीहरुलाई सहभागी बनाएर साविक एमाले तथा माओबादी केन्द्रबाट दुई दुई जना सदस्इ रहने ब्यबस्था गर्न निर्देशन समेत दिएको छ ।

यसैगरी आजै बसेको सचिवालय बैठकले साविक एमालेको जिल्ला कार्यालयलाई नै एकिकृत पार्टीको जिल्ला कार्यालयको रुपमा सञ्चालन गर्ने तथा पार्टी जिल्ला कार्यालयको सचिबको जिम्मा शिबलाल सार्कीलाई दिने निर्णय समेत भएको छ ।

नेकपा पर्वतको जिल्ला संयन्त्रमा केन्द्रिय सदस्यहरु गुप्तबहादुर हमाल र गोबिन्द नेपाली तथा साविक एमालेबाट पदम गिरी, भक्त कुवँर, पदमपाणी शर्मा र गोबिन्द पहाडी तथा साविक माओबादी केन्द्रबाट गगन थापा, केशब कुवँर, सुदिप कुवँर र सन्तबहादुर गुरुङ्ग रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ