२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

राजधानीमै घर भएर पनि घर भाडा लिँदै सुदूरपश्चिमका सांसद

२०७५, ७ पुष शनिबार ०५:४४

विमलबहादुर बिष्ट | पुस ७, डोटी | काठमाडाँैमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै घर भएका प्रदेश सांसदले घर भाडावापतको रकम लिइरहेको पाइएको हो । 

प्रदेशस्थित संसद् सचिवालयका अनुसार कैलालीमा घर भएका ११ सांसदले कैलालीमा आफनो घर नभएको भन्दै महीनैपिच्छे घर भाडावापतको रकम लिइरहेका हुन् । यसरी राजधानीमै घर भएर पनि घर भाडा लिने सांसदमा कैलाली क्षेत्र नं ५ ‘ख’ बाट निर्वाचित काङ्ग्रेस सांसद डिल्लीराज पन्त, काङ्ग्रेसका समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र नं ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकी, राजपाकी समानुपातिक सांसद मालामती राना, कैलाली क्षेत्र नं ४ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र नं ५ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरी, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरी, नेपाली काङ्ग्रेसका सांसद दिव्येश्वरी शाह, डोटीबाट निर्वाचित सांसद काङ्ग्रेस सांसद भरतबहादुर खड्का र कञ्चनपुरबाट समानुपातिक सांसद बनेका काङ्ग्रेस नेता देवराज पाठक रहेको बताइएको छ । 

संसद सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक अन्य सबै सांसदले घर भाडावापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा घर भएका सांसदले घर भाडावापत रकम लिएको भन्ने सुन्नमा आएको र आफूलाई सो विषयमा आधिकारिक जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “धनगढी घर भएकाले घर भाडा बुझ्दैछन् भन्ने हल्ला सुनेको छु, अरु मलाई थाहा भएन ।” घर भाडावापत विपक्षी दलका नेताले रु २० हजार, सत्तापक्षको प्रमुख सचेतक र सभापतिले रु १८ हजार, सत्तापक्षका सचेतक र विपक्षी दलको प्रमुख सचेतकले रु १८ हजार र सांसदले रु १७ हजारका दरले मासिक रुपमा पाउने प्रावधान छ । त्यस्तै सांसदलाई फर्निचर खर्चवापत एकमुष्ट रु एक÷एक लाख दिने प्रावधानअनुसार सबै सांसदले सो रकमसमेत लिइसकेको बताइएको छ । संसद् सचिवालयले ऐनबमोजिम सबै सांसदलाई घर भाडाको रकम उपलब्ध गराइएको सचिवालयका सचिव बलराम शर्माले बताउनुभयो । 

“ऐनमा व्यवस्था भएअनुसारको रकम सबै सांसदले बुझ्नुुभएको छ”, उहाँले भन्नुभयो, “मेरो घर धनगढीमै छ म लिन्न भनेर कसैले पनि भन्नुभएको छैन ।” सांसद सचिवालयका पदाधिकारीको सेवा सुविधा तथा तलबभत्तामा मात्रै मङ्सिरसम्म रु तीन करोड ८६ लाख ३८ हजार ६१२ खर्च भएको संसद सचिवालयका सचिव शर्माले बताउनुभयो । उहाँले धारा र बिजुलीका लागि रु दुई हजार, सञ्चार सुविधावापत रु तीन हजार सबै सांसदले लिने गरेको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ