2026-07-27 07:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

निर्मला पन्तको हत्यामा संलग्न अपराधीलाई कुनै पनि हालतमा छाड्दैनौं: प्रधानमन्त्री

पुस १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना आश्चर्यजनक भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले बलात्कारपछिका हत्याका अरु घटनामा दोषी पत्ता लागे पनि यसमा कठिन भएको बताएका हुन् ।

प्रहरीले सुरुमा केही गल्तीहरु गरेको र त्यो गल्ती किन गर्‍यो भनेर अनुसन्धान भइरहेको पनि प्रधानमन्त्री ओलीले बताए। 

उनले भने ‘पछिल्लो समयमा एआईजीको तहबाट अनुसन्धान गरेका छौं, तर अहिलेसम्म केही आश्चर्यजनक कुराहरु भएको छ । केही मानिसहरु अपराध आफूले यसरी गरेको हो भनेर बयान दिन्छन्, तर डीएनए मिल्दैन, अपराधीले स्वीकार्छ, कवुल गर्छ, डीएनए मिल्दैन ।’

नेपाल प्रहरी आम रुपमा अपराध अनुसन्धानमा सक्षम भए पनि निर्मला पन्तको घटनामा अपराधी पत्ता नलाग्नु दुखद भएको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले निर्मला पन्तको घटनामा प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न नपाएको पनि जिकिर गरे । 

प्रधानमन्त्री ओलीले ढिलो छिटो अपराधी पत्ता लाग्ने पनि दावी गरे । ‘यस घटनामा संलग्न अपराधीलाई हामी कुनै पनि हालतमा छाड्दैनौं । अलिकति ढिलो चाँडो होला तर पत्ता लगाएर कानूनको दायरामा ल्याउने र सजायको भागी बनाउन हामी सक्छौं भन्नेमा विश्वस्त छौं, सरकार यसमा लागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ