२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको कामको प्रचार हुन सकेन : वरिष्ठ नेता नेपाल

२०७५, १३ माघ आईतवार ०८:३९

माघ १३, दमौली । (रासस)। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले एकतालाई टुङ्गोमा पुर्याउन विलम्ब गर्न नहुनेमा जोड दिनुभयो । 

नेता नेपालले भन्नुभयो, “कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ, तल्लो तहसम्म पार्टी एकता प्रक्रिया नसकिएकाले सरकारका राम्रा कामको प्रचारप्रसार हुन सकिरहेको छैन ।” पार्टी सङ्गठन चुस्तदुरुस्त भए मात्रै सरकारका गतिविधिसमेत सफल हुने नेपालको भनाइ थियो । 

पार्टी एकीकरणमा ढिलासुस्ती भएको भन्दै पूर्व प्रधानमन्त्री नेपालले सबैलाई न्याय हुनेगरी पार्टी एकीकरणको प्रक्रिया टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकरणका लागि धेरै ढिलाइ भइसकेको छ, कार्यकर्तालाई व्यवस्थित गर्दै चाँडै नै यसलाई टुङ्गोमा पु¥याउँछौ ।” 

उहाँले सरकारबाट पनि केही कमजोरी हुनसक्ने भन्दै त्यसलाई सच्याउँदै अगाडि बढिने बताउनुभयो । भोलिका दिनमा आलोचना हुने ठाउँ नदिइकन सरकार अगाडि बढ्नुपर्नेमा उहाँको भनाइ थियो । आज नै वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बन्दीपुर गाउँपालिकामा रहेको बाख्रा अनुसन्धान केन्द्रको समेत निरीक्षण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई