१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको कामको प्रचार हुन सकेन : वरिष्ठ नेता नेपाल

१३ माघ २०७५, आईतवार ०८:३९

माघ १३, दमौली । (रासस)। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले एकतालाई टुङ्गोमा पुर्याउन विलम्ब गर्न नहुनेमा जोड दिनुभयो । 

नेता नेपालले भन्नुभयो, “कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ, तल्लो तहसम्म पार्टी एकता प्रक्रिया नसकिएकाले सरकारका राम्रा कामको प्रचारप्रसार हुन सकिरहेको छैन ।” पार्टी सङ्गठन चुस्तदुरुस्त भए मात्रै सरकारका गतिविधिसमेत सफल हुने नेपालको भनाइ थियो । 

पार्टी एकीकरणमा ढिलासुस्ती भएको भन्दै पूर्व प्रधानमन्त्री नेपालले सबैलाई न्याय हुनेगरी पार्टी एकीकरणको प्रक्रिया टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकीकरणका लागि धेरै ढिलाइ भइसकेको छ, कार्यकर्तालाई व्यवस्थित गर्दै चाँडै नै यसलाई टुङ्गोमा पु¥याउँछौ ।” 

उहाँले सरकारबाट पनि केही कमजोरी हुनसक्ने भन्दै त्यसलाई सच्याउँदै अगाडि बढिने बताउनुभयो । भोलिका दिनमा आलोचना हुने ठाउँ नदिइकन सरकार अगाडि बढ्नुपर्नेमा उहाँको भनाइ थियो । आज नै वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बन्दीपुर गाउँपालिकामा रहेको बाख्रा अनुसन्धान केन्द्रको समेत निरीक्षण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह