२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसङ्घ नेता कार्यकर्ता घाइते

२०७५, १३ माघ आईतवार १६:१७

माघ १३, काठमाडौँ (रासस) | संसद्ले चिकित्सा शिक्षा विधेयक जबर्जस्तीरूपमा पारित गरेको भन्दै त्यसको विरोधमा आज भएको प्रदर्शनमा महामन्त्री कपिलेश्वर यादवसहितका नेता कार्यकर्ता घाइते भएको नेपाल विद्यार्थी सङ्घले जनाएको छ । 

सङ्घका उपसभापति रामप्रसाद अधिकारीका अनुसार प्रदर्शनका क्रममा यादवसहित सुशील भट्ट, नीरञ्जन थापा, भीम महतलगायतका नेता कार्यकर्ता घाइते भएका छन् । अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेको र काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति नदिएको भन्दै नेविसङ्घले आज काठमाडौँमा प्रदर्शन गरेको थियो । सो क्रममा २५ भन्दाबढी आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै अधिकारीले उनीहरुको विनाशर्त रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

प्रहरी परिसर काठमाडौँका अनुसार प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर एक महिला घाइते भएको र अन्य घटना नभएको जनाएको छ । प्रदर्शनमा उत्रिएका केहीलाई नियन्त्रणमा लिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । 

रिहाइ गर्न माग 

नेपाल विद्यार्थी सङ्घले आन्दोलनका लागि थुनामा पु¥याइएका विद्यार्थीलाई रिहा गर्न माग गरेको छ । 

नेविसङ्घका अध्यक्ष नैनसिंह महरले आज एक विज्ञप्ती जारी गरी चिकित्सा शिक्षा विद्येयक संसदले जवरजस्ती रुपमा पारित गरेको विरोधमा आन्दोलनका क्रममा थुनामा पु¥याइएका विद्यार्थीलाई विनासर्त रिहा गर्न माग गर्नुभएको हो । 

आज दिउँसो माइतीघरबाट आन्दोलनका क्रममा नेविसङ्घका एकदर्जन नेतालाई प्रहरीले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बानेश्वर पु¥याएको थियो । “थुनामा राखिएका विद्यार्थी नेतालाई चार घण्टाभित्र रिहाई नगरे हामी देशव्यापी आन्दोलनमा जान्छौँ,”–अध्यक्ष महरले भन्नुभयो । 

यस्तै आन्दोलनका क्रममा प्रहरीको लाठीचार्जबाट नेविसङ्घका महामन्त्री कपलेश्वर यादव, केन्द्रीय सदस्य कल्पना खड्का, चन्द्र विकलगायत विद्यार्थी घाइते हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई