२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री थापाद्वारा प्रहरी उपरीक्षक पोखरेलप्रति श्रद्धाञ्जलि

२०७५, १४ माघ सोमबार ०७:१७

माघ १४, काठमाण्डौ | गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक बलराम पोखरेलप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । 

शनिबार बाराका प्रमुख जिल्ला अधिकारीसँगै चढेको गाडी दुर्घटनामा निधन हुनुभएका प्रहरी उपरीक्षक पोखरलको निवास सानो भर्याङ पुगेर गृहमन्त्री थापाले श्रद्धाञ्जलि तथा परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो । गृहमन्त्री थापाले पोखरेलको निधनले कर्तव्यनिष्ठ, व्यावसायिक अधिकृत गुमाएको भन्दै दुःख व्यक्त गर्नुभयो । 

यसैबीच आजै गृहमन्त्री थापाले दुर्घटनामा घाइते हुनुभएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समेत स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको छ । उहाँ आज ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी पुगेर उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । 

गृहमन्त्री थापाले उपचारको खर्च सरकारले व्यहोर्ने भन्दै उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन समेत दिनुभएको छ । 

प्रदर्शनका क्रममा भएको दमनको नेविसङ्घद्वारा विरोध 

नेपाल विद्यार्थी सङ्घले आइतबार गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको दमनको विरोध गरेको छ । संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्ती पारित गरेको भन्दै विरोध जनाएको नेविसङ्घले आइतबार भएको दमनको विरोधमा आज बिहान विभिन्न क्याम्पस अगाडि विरोध गरेको हो । 

नेविसङ्घले आज बिहान उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, विश्वभाषा क्याम्पस, अमृत साइन्स क्याम्पस, बाल्मिकी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ । नेविसङ्घका अध्यक्ष नैनसिंह महरले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले नेविसङ्घले विरोध जनाएको बताउनुभयो । 

“हत्या, हिंसा, बलात्कार, भ्रष्टचारलाई संरक्षण गरेर शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थीलाई लाठी बर्साउने तथा जेल हाल्ने काम भएको छ,”, उहाँले भन्नुभयो । 

नेविसङ्घ महामन्त्री कुन्दनराज काफ्लेले काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति नदिइएको बताउनुभयो । उहाँले स्वीकृत नदिएसम्म नेविसङ्घले निरन्तर आन्दोलन गर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने