२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङका सबै स्थानीय तहमा नेकपाको पदाधिकारीको टुङ्गो लाग्यो

२०७५, १६ माघ बुधबार १०:५७

माघ १६, घोराही | दाङका १० स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्वएमाले र चार वटा स्थानीय तहको अध्यक्ष पूर्वमाओवादी केन्द्रले पाएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङका दश वटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लागेको हो । 

प्रदेश नं ५ का अन्य नौ जिल्लाको टुङ्गो लागे पनि दाङ, रोल्पा र अर्घाखाँचीका स्थानीय तहका अध्यक्ष र सचिवको टुङ्गो लाग्न सकेको थिएन । आज बसेको प्रदेश कार्यालयको बैठकले तीन वटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टु्ङ्गो लगाएको हो । 

घोराही उपमहानगरपालिकामा पूर्वएमालेका राममणि पाण्डे अध्यक्ष र पूर्वमाओवादी केन्द्रका विश्वराज आचार्य सचिव हुनुभएको छ । 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा पूर्वमाओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्वएमालेका माधव ओली सचिव बन्नुभएको छ । लमही नगरपालिकामा पूर्वएमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका वसन्तराज शर्मा सचिव बन्नुभएको छ । 

राप्ती गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्वएमालेका टोपबहादुर झाँक्री सचिव बन्नुभएको छ । गढवा गाउँपालिकामा पूर्वएमालेका कालीराम चौधरी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका यमनारायण पोख्रेल सचिव बन्नुभएको छ । 

त्यस्तै राजपुर गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका चक्रबहादुर खड्का अध्यक्ष र पूर्वएमालेका शङ्कर चौधरी सचिव बन्नुभएको छ । 

बङ्गलाचुली गाउँपालिकामा पूर्वमाओवादी केन्द्रका डोमाकान्त कुँवर अध्यक्ष र पूर्वएमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ । बबई गाउँपालिकामा पूर्वएमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्वमाओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव बन्नुभएको छ । 

शान्तिनगर गाउँपालिकामा पूर्वएमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका गोविन्द भण्डारी सचिव बन्नुभएको छ । दंगीशरण गाउँपालिकामा पूर्वएमालेका भरत अधिकारी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका धनवीर चौधरी सचिव बन्नुभएको छ । 

बैठकले फागुनको पहिलो हप्ता प्रदेशको बैठक र प्रशिक्षण गर्ने निर्णय गरेको छ । त्यस्तै फागुन १ गतेको जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म मनाइने शहीद सप्ताह जिल्लाको सापेक्षतामा आयोजना गर्ने निर्णय गरिएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिनुभयो । बैठकले स्ववियु निर्वाचनलाई सहयोग गर्नेलगायत अन्य निर्णय पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई