२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मी कांग्रेसले मनायो शहिद दिवस

१६ माघ २०७५, बुधबार १४:४३

लक्ष्मी अर्याल | माघ १६, गुल्मी | नेपाली काँग्रेस गुल्मीले एक कार्यक्रमका विच आज शहिद दिवस मनाएको छ । सदरमुकाम तम्घासमा रहेको गुल्मीका शहिद शमसेर बहादुर खत्रीको शालीकमा माल्यार्णपण गरि शहिद दिवस मनाएको हो ।

जिल्लाको तत्कालिन वाग्लाको किमुखर्कमा जन्मेका शहिद खत्रीलाई पञ्चायति शासन व्यवस्थाको विरुद्ध बोलेको आरोपमा अमरपुर गाविसमा वि.सं. २०१९ जेष्ठ १५ गते निर्ममतापूर्वक हत्या गरिएको थियो । 

हत्या पछि उहाँको शिर छेदन गरि जिल्लाका विभिन्न ठाउँहरुमा समेत प्रदर्शन गरि सबै प्रजातन्त्रप्रेमी परिवर्तनकारीहरुलाई तर्साउने गरेको नेपाली काँग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताउनुभयो ।

शहिद खत्रीले प्रजातन्त्रको लागि खेलेको भूमिका अत्यन्तै ठुलो र महत्वपूर्ण रहेको सभापति श्रेष्ठले बताउनुभयो ।

उहाँका नाती शिव केसी अहिले धुर्कोट गाउँपालिकाका उपाध्यक्ष समेत रहनु भएको छ ।

देशमा प्रजातन्त्र तथा लोकतन्त्र बहालीका लागि योगदान गरेका शहिदहरुका सम्झनामा मनाईने यो दिनमा अघिल्लो सरकारले विदा दिदैं आएको तर वर्तमान सरकारले विदा कटौती गरेको, संघ, प्रदेश, स्थानीय तहमा शहिद दिवसको अवसरमा कुनै पनि कार्यक्रम नभएकोमा खेद प्रकट गर्दै शहिदप्रति अपमान नगर्न सरकारलाई चेतावनी दिनुभयो ।

नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहाँनीया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्र विरुद्ध प्रजातान्त्रीक एवम् लोकतान्त्रीक आन्दोलनहरुमा आफ्नो जीवनको बलिदान गरेका विर सपुतको सम्झनामा यो दिवस मनाइएको नेपाली काँग्रेस गुल्मीले जनाएको छ ।

देशमा निरङ्कुशता हटाउन, देश र जनताको लागि आफ्नो प्राण त्याग गरि जीवनको बलिदान शहिदहरुले दिए पनि वर्तमान सरकारले त्यसको अबमूल्यन गरिरहेकोमा नेपाली काँग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले दुःख व्यक्त गर्नुभयो । साथै उहाँले विर चार शहिदले देश र जनताको लागि हाँसीहाँसी आफ्नो जीवन बलिदान गरेको समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला