२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेविसंघले मुख्यमन्त्रीको गाडीमा माफिया सरकार मुर्दावाद लेखेपछि…

२०७५, १७ माघ बिहीबार १३:४५

माघ १७, सुर्खेत । नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा माफिया सरकार लेखेर भागेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी भएका शाहीको पार्किङ्ग गरेर राखेको गाडीमा विद्यार्थीहरुले माफिया सरकार मुर्दावाद लेखेर भागेका हुन् । 


सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै नेविसंघ सडक आन्दोलनमा उत्रिएको छ । सरकारले जनमुखीभन्दा जनताले सास्ती दिने हर्कतहरु गरिरहेकाले आन्दोलनमा उत्रिनु परेको नेविसंघले जनाएको छ । विरोध स्वरुप सुरक्षाकर्मीहरुको आँखा छलि मुख्यमन्त्रीको गाडीमा माफिया सरकार मुर्दाबाद लेखेर एक नेताले जानकारी दिए । उनका अनुसार संघको केन्द्रिय समितिले तय गरेका बिरोधका कार्यक्रम अनुसार सरकारी गाडीलाई बन्देज गर्ने कार्यतालिका अनुसार मुख्यमन्त्री शाहीको गाडीमा माफिया सरकार मुर्दाबाद लेखीएको हो । बिरोधकै क्रममा अन्तरगत आज (बुधबार) प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसंघ सुर्खेतले जनाएको छ । नेविसंघ सुर्खेतले चिकित्सा शिक्षा विधेयकको विरोधमा डा. गोविन्द केसी २२ दिनदेखि अनशनमा रहँदा पनि सरकार मौन भएको, प्रधानमन्त्रीले विपक्षी दलका नेतालाई थाहै नदिई संवैधानिक परिषद् बैठक गरेको, नेपाल वायुसेवा निगमले किनेका बाइडवडी प्रकरणमा भ्रष्टाचार छानबिन अघि नबढेकाले आफूहरूको आन्दोलन जारी रहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ