२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वविद्यालयलाई गुण्डागर्दीको थलो नबनाउन मुख्यमन्त्रीको आग्रह

२०७५, १७ माघ बिहीबार १३:५३

माघ १७, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्व विद्यालयलाई गुण्डागर्दीको थलो नवनाउन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरेका छन् । वीरेन्द्रनगर स्थित स्कुल अफ ल क्याम्पसमा वीए एलएलवी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विश्वविद्यालय प्राज्ञिक थलो भएकोले गुण्डागर्दीलाई निषेध गरेर प्राज्ञिक संस्कृतिको विकास गर्न आग्रह गरेका हुन् ।

‘राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन हुने थलोवाट ‘डन’ उत्पादन गर्न थाल्यौं भने भोलीको नेपाल कस्तो वन्ला ?’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा वेला वेला हुने गरेका तालावन्दी तथा अमर्यादित गतिविधिप्रति कटाक्ष गर्दै मुख्यमन्त्री शाहीले भने ‘विश्वविद्यालयमा प्राज्ञिक शैक्षिक वातावातरण निर्माण गर्न विश्वविद्यालय प्रशासन गम्भिर वन्नुपर्छ ।’  मुख्यमन्त्री शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याई कर्णाली प्रदेशमा आवश्यक जनशक्ति निर्माण गर्ने शैक्षिक संस्थाका रुपमा विकास गर्ने सोच रहेको बताए । अहिले केन्द्र सरकारको मातहतमा भएपनि कर्णालीको विकास र समृद्धिको लागि आवश्यक जनशक्ति उत्पादनका लागि आवश्यक शैक्षिक कार्यक्रम संचालन गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोडदिए ।

‘अवको १५ वर्ष भित्र कर्णालीको प्रतिव्यक्ति आय २१०० डलर पुर्याउने प्रदेश सरकारको लक्ष्य छ ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘त्यसको लागि विश्वविद्यालयले प्राविधिक शिक्षा तर्फ आफना शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक छ ।’ कानुन संकायको सुरुवातले विधिको शासन र लोकतन्त्रको सुदृढिकरणमा थप योगदान पुरयाउने विश्वास गदै मुख्यमन्त्री शाहीले दक्ष जनशक्ति विकासका लागि शुभकामना व्यक्त गरे । विश्वविद्यालयमा वीए एलएलवी कार्यक्रमको संचालनका लागि योगदान गर्ने डा.युवराज संग्रौलालाई सम्मान गरिएको थियो भने मुख्यमन्त्री शाहीलाई विश्वविद्यालयको समग्र विकासमा योगदान पुरयाएको भन्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने