१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वविद्यालयलाई गुण्डागर्दीको थलो नबनाउन मुख्यमन्त्रीको आग्रह

१७ माघ २०७५, बिहीबार १३:५३

माघ १७, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्व विद्यालयलाई गुण्डागर्दीको थलो नवनाउन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आग्रह गरेका छन् । वीरेन्द्रनगर स्थित स्कुल अफ ल क्याम्पसमा वीए एलएलवी कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विश्वविद्यालय प्राज्ञिक थलो भएकोले गुण्डागर्दीलाई निषेध गरेर प्राज्ञिक संस्कृतिको विकास गर्न आग्रह गरेका हुन् ।

‘राष्ट्र निर्माण गर्ने जनशक्ति उत्पादन हुने थलोवाट ‘डन’ उत्पादन गर्न थाल्यौं भने भोलीको नेपाल कस्तो वन्ला ?’ मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा वेला वेला हुने गरेका तालावन्दी तथा अमर्यादित गतिविधिप्रति कटाक्ष गर्दै मुख्यमन्त्री शाहीले भने ‘विश्वविद्यालयमा प्राज्ञिक शैक्षिक वातावातरण निर्माण गर्न विश्वविद्यालय प्रशासन गम्भिर वन्नुपर्छ ।’  मुख्यमन्त्री शाहीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रदेश सरकारको मातहतमा ल्याई कर्णाली प्रदेशमा आवश्यक जनशक्ति निर्माण गर्ने शैक्षिक संस्थाका रुपमा विकास गर्ने सोच रहेको बताए । अहिले केन्द्र सरकारको मातहतमा भएपनि कर्णालीको विकास र समृद्धिको लागि आवश्यक जनशक्ति उत्पादनका लागि आवश्यक शैक्षिक कार्यक्रम संचालन गर्नुपर्नेमा मुख्यमन्त्री शाहीले जोडदिए ।

‘अवको १५ वर्ष भित्र कर्णालीको प्रतिव्यक्ति आय २१०० डलर पुर्याउने प्रदेश सरकारको लक्ष्य छ ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘त्यसको लागि विश्वविद्यालयले प्राविधिक शिक्षा तर्फ आफना शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक छ ।’ कानुन संकायको सुरुवातले विधिको शासन र लोकतन्त्रको सुदृढिकरणमा थप योगदान पुरयाउने विश्वास गदै मुख्यमन्त्री शाहीले दक्ष जनशक्ति विकासका लागि शुभकामना व्यक्त गरे । विश्वविद्यालयमा वीए एलएलवी कार्यक्रमको संचालनका लागि योगदान गर्ने डा.युवराज संग्रौलालाई सम्मान गरिएको थियो भने मुख्यमन्त्री शाहीलाई विश्वविद्यालयको समग्र विकासमा योगदान पुरयाएको भन्दै सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट