१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेनेजुएलासँग एक्येवद्धताः अमेरिकी हस्तक्षेपको प्रतिवाद गर्नुपर्छः प्रवक्ता श्रेष्ठ

१७ माघ २०७५, बिहीबार १६:३५

माघ १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भेनेजुएलाको आन्तरिक मामलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । उनले आन्तरिक मामलामा कसैले पनि हस्तक्षेप गर्न नहुने बताउँदै भेनेजुएलाका सरकार छान्ने अधिकार भेनेजुएयाली जनतालाई मात्रै भएको समेत श्रेष्ठले बताए । 

प्रवक्ता श्रेष्ठले भेनेजुएलामाथिको अमेरिकी हस्तक्षेप सर्वहारा र उत्पीडित वर्ग माथिको हस्तक्षेप भएको बताए । “अमेरिकाले भेनेजुएलामाथिको हस्ताक्षेप सर्वहारा वर्गमाथिको आक्रमण हो । साम्राज्यवादको नाइके अमेरिकाले भेनेजुएलामाथिको निन्दनीय छ, त्यसको विरुद्ध संघर्ष गर्नुपर्छ” श्रेष्ठले भने । 

‘साम्राज्यवाद विरोधी मोर्चा’ ले विहीबार काठमाडौँको संवाद डबलीमा ‘भेनेजुएलासँग एक्येबद्धता’ जनाउन आयोजित कार्यक्रममा बोल्दै नेकपाका उपाध्यक्ष लोकनारायण सुवेदीले साम्राज्यवादको चरित्रअनुसारै भेनेजुएलामा आक्रमण भइरहेको छ । उनले नेपालीहरु साम्राज्यवादविरुद्ध लड्दै र बोल्दै आएको भन्दै भेनेजुएलामाथिको आक्रमणको पनि विरोध गर्नुपर्ने बताए । 

मोर्चाका संयोजक नरेन्द्रजंग पीटरले भेनेजुएलाको तेल कब्जा गर्न अमेरिकाले सरकारमाथि हस्तक्षेप गरेको बताए । उनले त्यहाँको तेल आफू अनुकुल कठपुतली सरकार तयार गर्न अमेरिकाले जेनेजुएलाको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै भेनेजुएला सरकारले गरेको प्रतिरोधप्रति एक्येवद्धता जनाए । 

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको सपथ समारोहमा सहभागी भएका (नेकपा)का नेता बलराम बास्कोटाले जेनेजुएलामाथि गरेको हस्तक्षेप लोकतन्त्रकै विरुद्धमा भएको बताए । उनले अमेरिकाले भेनेजुएलाको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । 

मोर्चाका सदस्य तथा कार्यक्रमका सभापति नारेश ज्ञावलीले अमेरिकाले युद्ध र हतियारको व्यापार चाहेकोले भेनेजुएलामाथि हस्तक्षेप गरेको बताए । उनले साम्राज्यवादविरुद्ध सबैले आवज उठाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट