१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले श्रमको सम्मानका लागि देशव्यापी अभियान चलाउँदै छ: श्रममन्त्री विष्ट

१८ माघ २०७५, शुक्रबार १०:०८

माघ १८, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीका अवसर सृजना सँगै श्रमको सम्मानका लागि देशव्यापी अभियान चलाउने तयारीमा जुटेको बताएका छन् । सरकारले देशभित्रै सरकारी, नीजि, सहकारी या अन्य क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने र रोजगारी सृजना गर्नेलाई प्रोत्साहित गर्ने गरि काम गरिरहेको मन्त्री विष्टले बताए ।


मन्त्रालयमा आज केही युवा उद्यमी तथा अभियन्ताहरुसँग छलफल गर्दै मन्त्री विष्टले काम सानो ठुलो हुँदैन, काम स्वयंमै सम्मानित हुन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेको बताए । ‘काम नगर्ने व्यक्ति,श्रम नगर्ने व्यक्तिको आर्थिक हैसियत रातारात बदलिने तर काम गर्ने, जोखिम मोल्ने, श्रम गर्नेको जीवनमा परिवर्तन नआउने, खालको अवस्थालाई सरकार बदल्न चाहन्छ, छलपलमा मन्त्री विष्टले भने "काम गर्ने व्यक्ति सम्मानित हुने र काम नगर्ने व्यक्ति अपमानित हुने खालको सस्कृतिलाई बढावा  दिन नसकेसम्म श्रमको सम्मान हुने वातावरण बन्दैन।'' मन्त्री विष्टले रोजगारी सृजनासँगै श्रमको सम्मानका लागि सरकारले अभियान चलाउन अन्तिम तयारीमा लागेको जानकारी गराए ।  

श्रमको सम्मान तथा रोजगारी सृजनाका विषयमा छलफल गर्न मन्त्री विष्टले आज केही युवा उद्यमी तथा अभियन्ताहरुलाई मन्त्रालयमा डाकेका थिए। दायित्व अभियानले संयोजन गरेको छलफलमा खाली शिशी, टुटल, फुड मारियो, आइरनमेन वर्क्स,  डोको, रिसाइक्लर्स, हर्वेदा, किङ्स कलेज, कौसी थिएटर लगायत रंगमञ्च, कृषि तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका तीन दर्जन बढी युवा उद्यमीको सहभागीता रहेको थियो ।

कामलाई सम्मान गर्ने संस्कृतीलाई बढावा दिनका लागि मन्त्रालयले लेखक, कलाकार, साहित्यकार, पत्रकार, युवा उद्यमी, सामाजिक अभियन्ता, अनुभवी प्रतिष्ठित व्यक्तिहरुसँग छलफल तथा अन्तक्रिया गरिरहेको समेत मन्त्री विष्टले बताए । 

छलफलमा मन्त्री विष्टसँगै मन्त्रालयका सचिव महेश प्रसाद दहाल, सहसचिव तथा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहाल लगायतको उपस्थिती थियो । छलफलमा सहभागी उद्यमीहरुले श्रमको सम्मानका लागि समाजको बुझाइमै परिवर्तन ल्याउने गरि सरकारले काम गर्नुपर्ने धारणा राखेका थिए । सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कार्यक्रम तथा न्युनतम पारिश्रमिक लागुहुँदा पनि श्रम प्रतिको सम्मान बढ्ने विश्वास उद्यमीहरुको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट