१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रलाई समृद्ध बनाउन पहिचान स्वीकार्न आवश्यक – उपसभामुख तामाङ

१९ माघ २०७५, शनिबार १६:५७

माघ १९, काठमाडौं । प्रदेश नं. ३ का उपसभामुख राधिका तामाङले राष्ट्रलाई समृद्ध बनाउन राष्ट्रभित्रका सबै समुदायको पहिचानलाई स्वीकार्न आवश्यक रहेको बताएकी छिन् ।

नेपाल तामाङ समाजद्वारा काठमाडौंमा आयोजीति सोनाम ल्होछारको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उपसभामुख तामाङले राष्ट्रभित्र विविध जातजाती तथा समुदायहरुको छुट्टछुट्टै इतिहास, सस्कार तथा चाडपर्वहरु रहेको उल्लेख गर्दै सबै समुदायको पर्वलाई समान रुपमा अंगिकार गर्न जरुरी रहेको बताएकी छिन् । उनले प्रदेश ३ मा लगभग १५ लाखभन्दा बढि जनसंख्या तामाङ समुदाय रहेको बताउँदै तामाङको इतिहासलाई कसैले मेटाउन नसकिने र प्रदेशमा तामाङको पहिचानसहितको संघीयतालाई कार्यन्वयनमा लैजान आफू संकल्पका साथ लागि पर्ने प्रतिवद्धतता व्यक्त गरिन् । 


उपसभामुख तामाङले प्रदेश नं. ३ लाई तामाङ समुदायका लागि सुन्दर फूलबारीको रुप दिदै उक्त त्यसको माली बन्न समुदायका अगुवाहरुलाई आग्रह गरिन् । उनले आफ्नो अधिकारका लागि लड्दा अन्य समुदायलाई पनि आत्म सम्मानका साथ हेर्नुपर्ने बताईन् । राष्ट्रका हरेक नागरिक तथा समुदायले अपनाउने चाड पर्वलाई राज्यले समान व्यवहार र सबैको अधिकार सुनिश्चित गराउन सक्नु नै राष्ट्रको उपलब्धीको रुपमा लिनुपर्ने बताईन् । उनले समुदायको विकास र परिवर्तन नै राष्ट्र निर्माणको आधार भएकाले समृद्धि राष्ट्रको परिकल्पनामा समुदायको पहिचानलाई संरक्षण गर्न जरुरी रहेको जिकिर गर्दै तामाङ समुदायको सोनाम ल्होछार पर्व लगायत अन्य संस्कारलाई प्रर्वद्धन गराउन समुदायका अगुवा तथा राजनीतिक दलहरुसंग आग्रह गरिन् ।  

त्यस्तै पूर्व राज्यमन्त्री पर्शुराम तामाङले सोनाम ल्होछारलाई तामाङहरुको राष्ट्रिय पर्वको रुपमा स्थापित गराउन आवश्यक रहेको बताएका छन्  । उनले पर्वले व्यक्तिको भावनात्मक विकास समेत गरिने भएकोले ल्होछारलाई गाउँघरसम्म पु¥याउन सबै लाग्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल तामाङ घेदुङ संघका केन्द्र्रिय महासचिव बाबु घिसिङले यस वर्ष ल्होछारलाई राष्ट्रिय साँस्कृतिक पर्वको रुपमा मनाउन सयभन्दा बढि तामाङ संघसंस्थाको संयुक्त आयोजनामा बृहत कार्यक्रमको आयोजना गरेको बताएका छन् । महासचिव घिसिङले विगतमा भएको गल्ती कमजोरीहरुलाई आत्माआलोचना गर्दै तामाङ समुदायका संस्थाहरु एक ढिक्का भएर लाग्न आग्रह गरेका छन् । 


कार्यक्रममा नेपाल तामाङ घेदुङका सचिवलय प्रवक्त रामभक्त बम्जन, तामाङ चलचित्र संघका केन्द्रिय उपाध्यक्ष भुईसल लामा, एभरेष्ट फेसन होमका निर्देशक रञ्जिता तामाङ, धर्मगुरु लामा थुप्तेन लामा, युवा समाजसेवी डा. भिम लाल तामाङ, दोर्जेमान जिम्बा लगायतले मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रमलाई समापन गर्दै नेपाल तामाङ समाजका अध्यक्ष पेमा लामाले समुदायमा चेतना अभिवृद्धि र एकताका लागि संस्थाको अभियानलाई साथ दिन तामाङ संघसंस्थाका प्रतिनिधि तथा नेतृत्वकर्ताहरुलाई आग्रह गरिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट