२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सरकारको बिरोधमा नेपाली काँग्रेस गुल्मीद्वारा बिरोध प्रर्दशन

२०७५, २१ माघ सोमबार १२:२२

लक्ष्मी अर्याल । माघ २१, गुल्मी । सरकारको बिरोधमा नेपाली काग्रेस गुल्मीले तम्घासको बालमन्दिरमा बिरोध प्रर्दशन गरेको छ ।

नेपाली काग्रेस गुल्मीले नेकपा सरकारले दूई तिहाईको दम्ब देखाएर जनताको मर्मलाई नबुझि अधिनायकबाद लाद्यन खोजेको भन्दै शान्तीपुर्ण रुपमा बिरोध गरिएको नेपाली काग्रेस गुल्मीका पार्टी सचिब खिलध्वज पन्थीले जानकारी दिनुभयो । 


पन्थीका अनुसार जनताहरुलाई अनाबश्यक कर थुपार्ने ,सदनमा सांसदहरुले कुरा राख्न नपाउने , बलत्कारीहरुलाई संरक्षण गरेको , जसले गर्दा नेपाली जनताले महंगीको चपेटामा पर्नु परेको , नेकपाको सरकार बनेपछि नेपालमा भष्ट्राचार बढेको भन्दै बिरोध गर्न बाध्य बनाएको उहाँले दाबी गर्नुभयो । यदि दूई तिहाइको दम्ब देखाएर सरकारले यस्तै प्रबत्ति देखाउदै गए नेपाली काग्रेस अब चुप लागेर नबस्ने भन्दै सरकारले चालिरहेको कदम नसच्याए आन्दोलन गर्न र सडक र सदनबाटै सरकारको बिकल्प खोज्न बाध्य हुने नेपाली काग्रेस गुल्मीले जनाएको छ । पछिल्लो समयमा नेकपाको सरकार प्रति नेपाली जनतामा बितृष्ण बढेकाले नेपाली जनता सरकारको बिपक्षमा रहेको सरकारलाई  हेक्का नभएको हुन सक्छ जनता अब नेपाली काग्रेसको पक्षमा हुमिएको पनि नेपाली काग्रेस गुल्मीले दाबी गरेको छ ।   बिरोध प्रर्दशन कार्यक्रममा नेपाली काग्रेसका कार्यकर्ता लगायत काग्रेस संम्बद्ध जनप्रतिनिधि लगायत भात्तृ संगठनहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । यस्तै सरकारको बिरोधमा नेपाली काग्रेस गुल्मीका भात्तृ संगठन नेपाल बिधार्थी संघ गुल्मी , तरुण दल गुल्मी र महिला संघ गुल्मीले आईतबार साँझ तम्घास बजारमा राँके जुलुस निकाली सरकारको बिरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई