१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हजयात्री दोब्बर बनाउने प्रयास छ: गृहमन्त्री थापा

२२ माघ २०७५, मंगलवार ०९:२१

माघ २२, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ । 

विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको बताउनुभयो । नयाँ हज कमिटी गठनपछि काठमाडौँको बबरमहलमा आज बसेको पहिलो बैठकमा गृहमन्त्री थापाले भन्नुभयो, “जो हज यात्रामा जान चाहन्छन्, उनीहरूलाई पठाएर विगतको भन्दा दोब्बर पार्ने योजना सरकारको छ, साउदी अरेबियाका राजदूतसँग पनि सो विषयमा छलफल गरेको छु, उहाँबाट प्रतिबद्धतासमेत आएको छ ।” 

गृहमन्त्री थापाले हजयात्रालाई व्यवस्थित गर्न ठोस योजनाका साथ अघि बढ्न नयाँ कमिटीलाई आग्रह गर्नुभयो । “यसलाई सफल पार्न सरकारले आवश्यक सहयोग गर्छ, कुनै गुनासो र आरोप नआओस्, हज यात्रामा बढी सुविधा र कम खर्च होस् भन्ने कुरामा ध्यान दिनुहोस्”, हज कमिटीलाई गृहमन्त्रीले भन्नुभयो । 

कुनै पनि दुर्घटनातर्फ सजकता अपनाउन र सुरक्षामा ध्यान दिन उहाँले नयाँ समितिलाई आग्रह गर्नुभयो । गृहमन्त्री थापाले राज्यका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “नवगठित कमिटीले नमूनायोग्य काम गर्न जरुरी छ, ता कि भोलि आउने हज कमिटीका लागि पनि उदाहरणीय होस् ।” 

विश्वमा इस्लाम, हिन्दू, इसाई र बौद्ध यी चार धार्मिक समुदाय ठूलो रहेको र त्यसमध्यको मुसलमान समुदाय पनि महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले साउदी अरेबिया मानव सभ्यताको विकासको एउटा केन्द्र भएको समेत बतउनुभयो । विश्वबाट मुसलमान समुदाय हजका लागि मक्का–मदिना जाने गरेको बताउँदै उहाँले नेपाल धर्म निरपेक्ष मुलुक भएकाले सबै धर्मको सम्मान र आस्थाको संरक्षण र व्यवस्थापन गर्न राज्यले हज कमिटीको गठन गर्दै आएको जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट