२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरेवियासँग उपराष्ट्रपति पुनको यस्तो आग्रह

२०७५, २२ माघ मंगलवार १२:५८

माघ २२, काठमाडौँ (रासस) | उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै साउदी अरेबियालाई लगानी गर्न आग्रह गर्नुभएको छ । 

आफूसँग शिष्टाचार भेट गर्न आएका साउदी अरेबियाका राजदूत मुसद बिन सुलेमान अल मारवानीलाई उपराष्ट्रपतिले त्यस्तो आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो । 

सो अवसरमा उपराष्ट्रपतिले नेपाल र साउदी अरेबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म पनि विस्तार भइरहेको बताउनुभयो । उहाँले विभिन्न माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने बताउनुभयो । 

उपराष्ट्रपतिले भन्नुभयो, “साउदी अरेबियासँग स्रोत छ, हामीसँग लगानीको प्रशस्त सम्भावना छन् । कृषि, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस् ।” 

नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको जानकारी गराउँदै उपराष्ट्रपतिले साउदी अरेबियाबाट अधिकतम पर्यटक आउने अपेक्षा गर्नुभयो । 


“भ्रमण वर्षमा साउदी अरेबियाबाट धेरै पर्यटक आउनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “साउदी सरकारले त्यहाँका नागरिकलाई यसबारेमा प्रचार, प्रसार र प्रोत्साहन गर्नेमा पनि विश्वस्त छौँ ।” 

उपराष्ट्रपतिले भेटमा भैरहवामा अन्तर्राष्ट्रिय र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा रहेको बताउँदै ती विमानस्थल निर्माणपछि नेपालमा साउदीका हवाई सेवाप्रदायकले प्रत्यक्ष उडान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा राजदूत मारवानीले साउदी र नेपालको सम्बन्ध प्रगाढ बन्दै गइरहेको बताउनुभयो । उहाँले दुई देशबीच उच्चस्तरीय भ्रमणको आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न साउदी अरेबिया सदैव तयार छ ।” उहाँले नेपालमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण सम्पन्न भएपछि आफ्नो देशबाट प्रत्यक्ष उडान गर्न सकिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई