१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरेवियासँग उपराष्ट्रपति पुनको यस्तो आग्रह

२२ माघ २०७५, मंगलवार १२:५८

माघ २२, काठमाडौँ (रासस) | उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै साउदी अरेबियालाई लगानी गर्न आग्रह गर्नुभएको छ । 

आफूसँग शिष्टाचार भेट गर्न आएका साउदी अरेबियाका राजदूत मुसद बिन सुलेमान अल मारवानीलाई उपराष्ट्रपतिले त्यस्तो आग्रह गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिनुभयो । 

सो अवसरमा उपराष्ट्रपतिले नेपाल र साउदी अरेबियाबीच औपचारिक सम्बन्ध स्थापना भएको ४२ वर्ष पुगेको र हाल जनस्तरसम्म पनि विस्तार भइरहेको बताउनुभयो । उहाँले विभिन्न माध्यमबाट दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ र जनस्तरसम्म विस्तार गर्नुपर्ने बताउनुभयो । 

उपराष्ट्रपतिले भन्नुभयो, “साउदी अरेबियासँग स्रोत छ, हामीसँग लगानीको प्रशस्त सम्भावना छन् । कृषि, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारको क्षेत्रमा लगानी गर्नुहोस् ।” 

नेपालले सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउन लागेको जानकारी गराउँदै उपराष्ट्रपतिले साउदी अरेबियाबाट अधिकतम पर्यटक आउने अपेक्षा गर्नुभयो । 


“भ्रमण वर्षमा साउदी अरेबियाबाट धेरै पर्यटक आउनेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “साउदी सरकारले त्यहाँका नागरिकलाई यसबारेमा प्रचार, प्रसार र प्रोत्साहन गर्नेमा पनि विश्वस्त छौँ ।” 

उपराष्ट्रपतिले भेटमा भैरहवामा अन्तर्राष्ट्रिय र पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा रहेको बताउँदै ती विमानस्थल निर्माणपछि नेपालमा साउदीका हवाई सेवाप्रदायकले प्रत्यक्ष उडान गर्ने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा राजदूत मारवानीले साउदी र नेपालको सम्बन्ध प्रगाढ बन्दै गइरहेको बताउनुभयो । उहाँले दुई देशबीच उच्चस्तरीय भ्रमणको आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “नेपालको विकास र समृद्धिको यात्रामा सहयोग गर्न साउदी अरेबिया सदैव तयार छ ।” उहाँले नेपालमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण सम्पन्न भएपछि आफ्नो देशबाट प्रत्यक्ष उडान गर्न सकिने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट