२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ: मन्त्री खनाल

२०७५, २३ माघ बुधबार १०:०५

माघ २३, काठमाडौँ | सांसद रामबहादुर विष्ट: विषादीरहित खाद्यान्न, फलफूल, तरकारी नेपाली जनताले कहिलेसम्म खान पाउँछन् ? 

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल: विगतको तुलनामा अहिले ९९ प्रतिशत विषादीरहित खाद्यान्न, फलफूल, तरकारी प्रयोगमा आएका छन्, विषादीरहित खाद्यान्न, फलफूल र तरकारी उत्पादनमा सरकारले जोड दिइराखेको छ । 

मन्त्रालयले हालै ७०० नमूना परीक्षण गर्दा सो नतिजा आएको मन्त्री खनालको जवाफ थियोे । प्रतिनिधिसभा आजको बैठकको प्रश्नोत्तरमा मन्त्री खनालले सो जवाफ दिँदै प्राङ्गरिक अभियान सरकारले सञ्चालन गरिरहेको, विषादी ऐन २०४८ संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “चोरबाटोबाट विषादी आउन नदिन सरकार सचेत छ ।” अब ढुक्कसित खाद्यान्न, फलफूल, तरकारी खाँदा हुन्छ ? सांसद विष्टकै पूरक प्रश्नमा जवाफ दिँदै मन्त्री खनालले भन्नुभयो, “खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ ।” 

काभ्रे, धादिङ, ललितपुरका केही जिल्लामा तरकारीमा विषादीको प्रयोग कम हुँदै गएको जानकारी दिँदै उहाँले कुन फलफूलमा कति विषादी छ भन्ने प्रमाणित गर्न प्रयोगशाला विस्तार र थप जनशक्ति परिचालनमा सरकारको प्राथमिकता छ । 

“खाद्यान्न, फलफूल, तरकारीमा विषादीमा निषेध गर्दै जाने नीति सरकारको छ”, उहाँले भन्नुभयो । मन्त्री खनालले भन्सार नाकाबाट तरकारी, फलफूल तथा खाद्यान्नमा आयात गर्दा प्रयोगशाला परीक्षणका नतिजामा कढाइ तथा विषादीका ती पदार्थ आयात गर्न दिइन्न भन्नुभयो । 

खाद्यान्न, फलफूल, तरकारीमा विषादीरहित छ भन्ने पत्याउन सकिन्न ? डा मीनेन्द्र रिजालको पूरक प्रश्नको जवाफमा मन्त्री खनालले भन्नुभयो, “जैविक विषादीको प्रयोग बढ्दो छ, घातक विषादीको प्रयोग न्यून छ । यसैकारण विषादीरहित खाद्यान्न, फलफूल, तरकारी बढ्दो छ ।” 

विषादीरहित नेपाल कहिले होला ? सांसद देवेन्द्रराज कँडेलको पूरक प्रश्नमा मन्त्री खनालले “सरकारले ६ नं प्रदेशलाई प्राङ्गारिक उत्पादन प्रदेश घोषणा बनाउने अभियानमा रहेको छ । विस्तारै विषादीरहित नेपाल बनाउने अभियानमा सरकार लागेको छ ।” 

सो प्रश्नमा सांसद राजेन्द्रकुमार केसी, राजेन्द्र लिङ्देन पनि मन्त्री खनालसँग पूरकप्रश्न गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ