१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

युवालाई स्वरोजगार बन्न सरकारले सघाउँछ: मुख्यमन्त्री पौडेल

२४ माघ २०७५, बिहीबार १०:३२

माघ २४, हेटौँडा | राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ । 

दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्दै युवाको जोस र जाँगरलाई देश निर्माणमा लगाउने बताउनुभयो । 

उहाँले राष्ट्रलाई सफलताको गन्तव्यमा पुर्याउन युवा शक्तिले पहल गर्नुपर्ने विचार राख्नुभयो । 

स्वदेशमा बसेर काम गर्न लाज वा धक मान्ने प्रवृत्ति हटाउनुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले विदेशमा जस्तोसुकै काम गर्ने तर आप्mनो देशमा कृषिमा काम गर्न लजाउने प्रवृत्ति त्याग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा अर्थ मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले युवाले भान्सादेखि दैनिक जीवनमा आइपर्ने हरेक कार्य गर्न आफूलाई सक्षम बनाउनुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका युवा उद्यमी सहभागी रहने युवा परिषद् मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट